आइतबार , भाद्र १४, २०८३

उपेन्द्र यादव समाजवादी मोर्चाबाट अलग भएका छन् । आफ्नो पार्टी नै प्रधानमन्त्री पुष्पकमल दाहालले फुटाएको निश्कर्ष निकालेर यादवले मोर्चाबाट अलग हुने निर्णय लिएका हुन् । आफू विदेशमा भएको बेलामा असन्तुष्ट नेताहरुलाई प्रयोग गरेर पार्टी फुटाईएको भन्दै यादवले सार्वजनिक रुपमै माओवादीको आलोचना गरेका छन् ।

उनले अब फुट्ने पालोपनि प्रचण्डकै पार्टीको भएको भनेर दाबी गरेका छन् । अहिले मोर्चाको संयोजक नेत्रविक्रम चन्द छन् । विप्लवले मोर्चामा एमालेलाई पनि सहभागी गराउनेगरि पहल थालेका छन् । तर, एमालेले भने अहिले मोर्चामा सहभागी नहुने सन्देश दिएको छ ।

अब उपेन्द्र यादव निस्किएपछि भने एमालेले पनि मोर्चाको नेतृत्व गर्नेगरि पहल गर्न सक्ने चचौ सुरु भएको छ । प्रधानमन्त्री दाहालले सरकारबाट माधव नेपालको दललाई पनि निकाल्नेगरि आफूलाई मुभ गराएका छन् । माधवको दलको सट्टा नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उनीमाथि एमाले नेतृत्वबाट दबाब परेको छ ।

उपेन्द्रले भने पार्टीको केन्द्रीय कमिटीको बैठक समापन गर्ने क्रममा अब प्रचण्डसँग एकपटक वारपारको लडाईं लड्ने उद्घोष गरेका छन् । आफूसँगको लडाईं प्रचण्डका लागि महँगो पर्ने यादवको चेतावनी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP