मंगलबार , बैसाख ९, २०८२

उपेन्द्र यादव समाजवादी मोर्चाबाट अलग भएका छन् । आफ्नो पार्टी नै प्रधानमन्त्री पुष्पकमल दाहालले फुटाएको निश्कर्ष निकालेर यादवले मोर्चाबाट अलग हुने निर्णय लिएका हुन् । आफू विदेशमा भएको बेलामा असन्तुष्ट नेताहरुलाई प्रयोग गरेर पार्टी फुटाईएको भन्दै यादवले सार्वजनिक रुपमै माओवादीको आलोचना गरेका छन् ।

उनले अब फुट्ने पालोपनि प्रचण्डकै पार्टीको भएको भनेर दाबी गरेका छन् । अहिले मोर्चाको संयोजक नेत्रविक्रम चन्द छन् । विप्लवले मोर्चामा एमालेलाई पनि सहभागी गराउनेगरि पहल थालेका छन् । तर, एमालेले भने अहिले मोर्चामा सहभागी नहुने सन्देश दिएको छ ।

अब उपेन्द्र यादव निस्किएपछि भने एमालेले पनि मोर्चाको नेतृत्व गर्नेगरि पहल गर्न सक्ने चचौ सुरु भएको छ । प्रधानमन्त्री दाहालले सरकारबाट माधव नेपालको दललाई पनि निकाल्नेगरि आफूलाई मुभ गराएका छन् । माधवको दलको सट्टा नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उनीमाथि एमाले नेतृत्वबाट दबाब परेको छ ।

उपेन्द्रले भने पार्टीको केन्द्रीय कमिटीको बैठक समापन गर्ने क्रममा अब प्रचण्डसँग एकपटक वारपारको लडाईं लड्ने उद्घोष गरेका छन् । आफूसँगको लडाईं प्रचण्डका लागि महँगो पर्ने यादवको चेतावनी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP