शनिबार , असार १३, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी विभाजन हुँदैछ भनेर विभिन्न प्रकारका हल्लाहरु चलाइएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) ललितपरको कान्तिपुर गार्डेनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी फुट्ने हल्ला चलाइएपनि परिस्थिति त्यस्तो नरहेको बताए । उनले ६ जनाले पार्टी फुटाउँदै छन् भन्ने हल्ला बाहिर आएपछि आफू आँत्तिएको बताए । पार्टीभित्र सोधखोज गर्दा कोही पनि विभाजनको पक्षमा नरहेको देखिएको उनको भनाइ छ ।

‘अहिले अनेकौं हल्लाहरु चलिरहेका छन् । कुनै हल्लाहरु सही भइदिन्छन् । ती हल्लाहरु कुनै भ्रम पैदा गर्नका लागि चलाइएका हुन्छन् । कार्यकर्तालाई प्रभावित गर्नका लागि चलाइएको हुन्छ । हामी धेरै सजक र चनाखो हुनुपर्ने हुन्छ । कुनै पनि कुरालाई आँखा चिम्लिएर सही ठान्ने गल्ती पनि गर्न हुँदैन । केही पनि होईन भन्ने काम पनि गर्न हुँदैन । त्यसको सत्यतथ्यको जाँच गर्नुपर्छ ।’ उनले भने, ‘हाम्रो पार्टीको सन्दर्भमा पनि हल्लाहरु चले । अर्को पार्टी खडा गर्नका लागि तयारी भइसकेको थियो भन्ने पनि चर्चा चल्यो । ६ जना जाँदैछन् भन्ने हल्लाहरु पनि चलाइए, चले । हामी पनि आँत्तियौं । के हो वास्तविकता ? बसेर छलफल गर्यौं । छलफल गरिसकेपछि जति गणना गर्दा पनि देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP