नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घैबहादुर सोडारीलाई विश्वासको मत नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । सरकार छाड्ने वा नछाड्ने भन्ने कुरा केन्द्रीय सत्ता समीकरणमा रहेका मुख्य दलहरुको व्यवहार र सुदूरपश्चिम सरकारको निरन्तरताले निर्धारण गर्ने उनले बताए ।

‘सुदूरपश्चिममा नेकपा (एमाले) ले विश्वासको मत दिन्छ भन्ने आजसम्मको हाम्रो विश्वास छ । नदिएपछि त्यसको राजनीतिक प्रतिवाद त्यही प्रकारले हुन्छ । अर्को गठबन्धन बन्नसक्छ । कुनै अनौठो कुरा होईन । त्यसैमा अल्झिएर बस्नुपर्छ भन्ने होईन । सरकार छोड्ने, नछोड्ने भन्ने कुरा केन्द्रीय सरकारसँग कस्तो व्यवहार हुँदैजान्छ त्यसमा भर पर्छ । सुदूरपश्चिममा उहाँहरुले सहयोग गर्नु भएन भने केन्द्रीय सरकारमा पनि समस्या पैदा भइहाल्छ,’– उनले भने ।

सरकारमा बसेका मुख्य घटकले एकीकृत समाजवादीसँग राम्रो व्यवहार गरेको खण्डमा आफूहरुले पनि राम्रो व्यवहार गर्ने उनको भनाइ छ । उनले अविश्वास गर्ने, अपहेलनाको वातावरण निर्माण भएमा त्यही प्रकारले राजनीतिक प्रतिवाद गर्ने बताए । आफूहरुले राजनीतिक अस्थिरताको कारक बन्न हुँदैन भनेर कतिपय कुराहरुमा असहमती हुँदा पनि वर्तमान सरकारलाई समर्थन दिएर बसिरहेको बताए ।

साथै, पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको पनि उनले पुष्टि गरे । तर, बहुमत पुग्ने अवस्था नबनेको कारण त्यो सम्भव नभएको उनको भनाइ छ । वर्तमान सरकारले अविश्वास गर्ने, अपहेलना गर्दै गए भोलि पनि त्यो अवस्था आउनसक्ने उनले बताए ।

‘कांग्रेसले प्रधानमन्त्रीका लागि माधव कुमार नेपाललाई हामी तपाईँलाई विश्वास गर्छौं भनेको थियो । तर, बहुमत पुर्याउन सक्ने उसको परिस्थिति थिएन । यदि बहुमत पुर्यान सक्ने परिस्थिति थियो भने संयुक्त सरकारको प्रधानमन्त्रीको रुपमा माधव कुमार नेपाल धारा ७६ (२) को प्रधानमन्त्री बन्ने परिस्थिति आउँथ्यो होला । तर, त्यो अनुकूल परिस्थिति थिएन । भोलि पनि यस्तो परिस्थिति आउँदैन भन्न सकिँदैन । एउटा पार्टी विभाजन भएको कारणले अर्का समीकरण बन्दैन । यो टिकिरहन्छ भन्ने कुरा परिकल्पनामात्रै हो,’– नेपाली रेडियढो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP