शनिबार , असार १३, २०८३

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माको जिम्मेवारी हेरफेर भएको छ । प्रदेश समन्वय समिति अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका शर्मालाई पार्टीले एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको नयाँ जिम्मेवारी दिएको हो ।

केहीअघि सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समितिलाई समग्र तीन प्रदेशमा विभाजन गर्ने निर्णयअनुसार पार्टीले शर्मालाई एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी दिएको हो ।

पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार शर्मालाई नयाँ जिम्मेवारी दिइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । शर्माले प्रवास समन्वय समितिको नेतृत्वमा हुँदा प्रवासमा संगठन विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

एसिया समन्वय प्रदेश समितिको इन्चार्ज भने उपाध्यक्ष पम्फा भुसाल रहेकी छन् ।

यसैगरी प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त छन् भने प्रवास प्रदेश समिति युरोप र अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP