नेपाली राजनीतिमा एकपछि अर्को घट्ना घटिरहेको छ । खासगरी दलहरुले लिने निर्णय र फेरबदल भैरहने गठबन्धनको कारण नेपाली राजनीति अस्थिर बन्दै आएको छ । आजमात्रै सत्ता गठबन्धनमा रहेको महत्वपूर्ण घटक जनता समाजवादी पार्टी, नेपाल विभाजनको शिकार बनेको छ । त्यो दलका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् ।

उनी अमेरिका भ्रमणमा रहेको बेलामा नै यता नेपालमा भने दल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा निर्वाचनमा आयोगमा नयाँ दल दर्ता भएको छ । राईले प्रस्तावित दलको नाम जनता समाजवादी पार्टीमात्रै राखेका छन् । अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीको कारण आफूहरु पार्टी विभाजनको कठोर निर्णयमा पुगेको राईको स्पष्टोक्ति छ ।

तर, अन्तर्यमा बुझ्दा यादवले वर्तमान सत्ता गठबन्धनबाट बाहिरिने निर्णय लिन लागेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवको दल विभाजन गरिदिएको गाईंगुईं चल्न थालेको छ । प्रधानमन्त्री दाहाल र ओलीले उपेन्द्रको पार्टी विभाजन गर्नुअघि रविलाई पनि साक्षी राखेर यस्तो गृहकार्य गरेको चर्चा सुरु भएको छ ।

उता, इलाम २ को उपनिर्वाचनअघि कांग्रेसका महामन्त्री गगन थापा र रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले सक्रिय थिए । उनीहरु पार्टीका आआफ्ना उम्मेद्वारलाई जिताउनको लागि चुनावी ब्याटल ग्राउण्डमा नै खटिएका थिए । तर, इलाममा गगन र स्वर्णिमका उम्मेद्वारहरु पराजित भए ।

एमालेका सुहाङले बाजी मारेपछि रास्वपाको राजनीतिक भविष्यमाथि नै टिप्पणी हुन थालेको छ । चुनाव हुनुअघि नै कांग्रेस महामन्त्री गगन थापा एक कार्यक्रममा भाग लिनको लागि अमेरिका उडेका थिए । उनले कांग्रेसका उम्मेद्वार डम्बर खड्काको लागि आचारसंहिता लागु हुनु केही घण्टाअघि अमेरिकाबाटै मत मागेका थिए । गगनले अन्तिमपटक सञ्जालमा अप्रिल २४ मा सामाग्री पोष्ट गरेका थिए । त्यसयता उनी सञ्जालबाट टाढै छन् ।

ता, रास्वपाका उपसभापति वाग्लेपनि चुनावअघि मात्रै सञ्जालमा सक्रिय थिए । त्यसपछि उनी पनि निश्क्रियप्रायः बनेका छन् । तर, उनी लगानी सम्मेलनको एउटा सत्रमा भने मुख्य वक्ताको रुपमा देखिएका थिए । उनी अप्रिल २८ मा सञ्जालमा लगानी सम्मेलनमा आफ्नो छोटो टिप्पणीसहित झुल्किएका थिए । त्यसपछि सञ्जालमा उनको कुनै सामाग्री पोष्ट भएको छैन् । इलामको उपनिर्वाचनको मतपरीणामबारे भने गगन र स्वर्णिम दुवैले व्यक्तिगत रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

गगन र स्वर्णिमबीच ०७९ को निर्वाचनको मुखसम्म अति नै राम्रो सम्बन्ध थियो । तर, निर्वाचनमा वाग्लेले टिकट नपाएपछि भने उनीहरुबीचको सम्बन्ध चिसिएको चर्चा छ । वाग्लेले गगनले आफ्नो लागि पार्टीमा नलडेको गुनासो गर्दै आएका छन् । स्वर्णिम रवि लामिछाने नेतृत्वको रास्वपाबाट संसदीय राजनीतिमा छिरेपछि भने उनी कांग्रेसविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने यतिवेला प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारीमा छन् । तर, लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि कांग्रेसले उनको राजीनामा माग्ने हेतुले संसदीय छानबिन समितिको माग राखेर निन्तर सदन अवरुद्ध गर्दै आएको छ । कांग्रेसले बजेट अधिवेशनपनि प्रभावित बनाउने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP