शनिबार , असार १३, २०८३

नेपाली राजनीतिमा एकपछि अर्को घट्ना घटिरहेको छ । खासगरी दलहरुले लिने निर्णय र फेरबदल भैरहने गठबन्धनको कारण नेपाली राजनीति अस्थिर बन्दै आएको छ । आजमात्रै सत्ता गठबन्धनमा रहेको महत्वपूर्ण घटक जनता समाजवादी पार्टी, नेपाल विभाजनको शिकार बनेको छ । त्यो दलका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन् ।

उनी अमेरिका भ्रमणमा रहेको बेलामा नै यता नेपालमा भने दल विभाजन भएको छ । अशोक राईको नेतृत्वमा निर्वाचनमा आयोगमा नयाँ दल दर्ता भएको छ । राईले प्रस्तावित दलको नाम जनता समाजवादी पार्टीमात्रै राखेका छन् । अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीको कारण आफूहरु पार्टी विभाजनको कठोर निर्णयमा पुगेको राईको स्पष्टोक्ति छ ।

तर, अन्तर्यमा बुझ्दा यादवले वर्तमान सत्ता गठबन्धनबाट बाहिरिने निर्णय लिन लागेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवको दल विभाजन गरिदिएको गाईंगुईं चल्न थालेको छ । प्रधानमन्त्री दाहाल र ओलीले उपेन्द्रको पार्टी विभाजन गर्नुअघि रविलाई पनि साक्षी राखेर यस्तो गृहकार्य गरेको चर्चा सुरु भएको छ ।

उता, इलाम २ को उपनिर्वाचनअघि कांग्रेसका महामन्त्री गगन थापा र रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले सक्रिय थिए । उनीहरु पार्टीका आआफ्ना उम्मेद्वारलाई जिताउनको लागि चुनावी ब्याटल ग्राउण्डमा नै खटिएका थिए । तर, इलाममा गगन र स्वर्णिमका उम्मेद्वारहरु पराजित भए ।

एमालेका सुहाङले बाजी मारेपछि रास्वपाको राजनीतिक भविष्यमाथि नै टिप्पणी हुन थालेको छ । चुनाव हुनुअघि नै कांग्रेस महामन्त्री गगन थापा एक कार्यक्रममा भाग लिनको लागि अमेरिका उडेका थिए । उनले कांग्रेसका उम्मेद्वार डम्बर खड्काको लागि आचारसंहिता लागु हुनु केही घण्टाअघि अमेरिकाबाटै मत मागेका थिए । गगनले अन्तिमपटक सञ्जालमा अप्रिल २४ मा सामाग्री पोष्ट गरेका थिए । त्यसयता उनी सञ्जालबाट टाढै छन् ।

ता, रास्वपाका उपसभापति वाग्लेपनि चुनावअघि मात्रै सञ्जालमा सक्रिय थिए । त्यसपछि उनी पनि निश्क्रियप्रायः बनेका छन् । तर, उनी लगानी सम्मेलनको एउटा सत्रमा भने मुख्य वक्ताको रुपमा देखिएका थिए । उनी अप्रिल २८ मा सञ्जालमा लगानी सम्मेलनमा आफ्नो छोटो टिप्पणीसहित झुल्किएका थिए । त्यसपछि सञ्जालमा उनको कुनै सामाग्री पोष्ट भएको छैन् । इलामको उपनिर्वाचनको मतपरीणामबारे भने गगन र स्वर्णिम दुवैले व्यक्तिगत रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

गगन र स्वर्णिमबीच ०७९ को निर्वाचनको मुखसम्म अति नै राम्रो सम्बन्ध थियो । तर, निर्वाचनमा वाग्लेले टिकट नपाएपछि भने उनीहरुबीचको सम्बन्ध चिसिएको चर्चा छ । वाग्लेले गगनले आफ्नो लागि पार्टीमा नलडेको गुनासो गर्दै आएका छन् । स्वर्णिम रवि लामिछाने नेतृत्वको रास्वपाबाट संसदीय राजनीतिमा छिरेपछि भने उनी कांग्रेसविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

रास्वपाका सभापति रवि लामिछाने यतिवेला प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारीमा छन् । तर, लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि कांग्रेसले उनको राजीनामा माग्ने हेतुले संसदीय छानबिन समितिको माग राखेर निन्तर सदन अवरुद्ध गर्दै आएको छ । कांग्रेसले बजेट अधिवेशनपनि प्रभावित बनाउने चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP