शनिबार , असार १३, २०८३

अधिवक्ता स्वागत नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न यथेष्ट प्रमाणहरु रहेको दाबी गरेका छन् । अधिवक्ता नेपालले नेपाल प्रहरीका आईजीपी डमीजस्तै भइदिँदा गृहमन्त्री लामिछानेले उक्त प्रकरणमा उन्मुक्ति पाइराखेको आरोप लगाए । सहकारी ठगी प्रकरणमा लामिछानेको जतिकै प्रमाण भएकाहरुका विरुद्धमा धमाधम पक्राउ पुर्जी जारी हुनु र उनी राज्यको संरक्षणमा रहनुले सरकारमा रहेका र सरकार बाहिर रहेकालाई फरक कानुन छ भन्ने कुरा पुष्टि गरेको उनको भनाइ छ ।

‘उहाँ गृहमन्त्री हुनुभएको नै त्यही कारणले हो । आईजीपी डमी छन् । त्यही जाहेरी दरखास्तबाट अरुलाई पक्राउ गर्न पर्ने, त्यही जाहेरी दरखास्तलाई प्रमाण होईन भनेर भन्ने ? यो कानुन र विधिको शासनको विपरीत छ । यो सत्तामा हुनेलाई कानुन एउटा लाग्छ, सत्ता बाहिर हुनेलाई अर्को लाग्छ भन्ने कुराको प्रमाण हो,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै अधिवक्ता नेपालले भने ।

अहिले गृहमन्त्री लामिछानेविरुद्ध बजारमा आएका प्रमाणहरु पक्राउ पुर्जी जारी गर्न र उनीमाथि अनुसन्धान थाल्न पर्याप्त रहेको उनको दाबी छ । सहकारी घोटला प्रकरणमै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको सन्दर्भ उल्लेख गर्दै उनले रवि लामिछानेका विरुद्ध पनि यथेष्ट प्रमाण रहेको दाबी गरे ।

‘यो भन्दा अरु प्रमाण के चाहिन्छ ? प्रमाण ऐन २०३१ को दफा १८ बमोजिम उहाँलाई पक्राउ गर्ने पूरा प्रमाण छ । यथेष्ट प्रमाण छ, मैले दफा नै बताएँ । जाहेरी दरखास्त स्वयम्मा प्रमाण ऐन २०३१ को दफा १८ अन्तर्गतको प्रमाण हो ।’ उनले भने, ‘फैसला हुन दफा २५ बमोजिमको प्रमाण चाहिन्छ । एक जना महिला सांसदलाई पक्राउ पुर्जी जारी गरेको पनि प्रमाण ऐन २०३१ को दफा १८ बमोजिम यथेष्ट प्रमाण पुगेर हो । त्यतिनै यथेष्ट प्रमाण रविको बारेमा पनि छ । जीवीका सवालमा जति प्रमाण छ, रविका बारेमा पनि त्यतिनै प्रमाण छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP