नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र माओवादी केन्द्रबाहेकको नयाँ गठबन्धन बनाउनेगरि गृहकार्य थालेका छन् । कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले एमालेसँग मिलेर सरकार बनाउनुपर्ने भनेर लविङ थालेको बेलामा सभापति देउवाले भने एमाले र माअ‍ोवादीलाई न अलग राखेर वैकल्पिक गठबन्धन बनाउन जोड गरेका छन् ।

विश्वस्त स्रोतकाअनुसार देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई नै अबको प्रधानमन्त्री बन्नेगरि वैकल्पिक गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन् । माधव नेपालको दल यतिवेला एमाले–माओवादी गठबन्धनमा छ । अध्यक्ष नेपालले नयाँ गठबन्धनमा उकुसमुकुस रहेको भन्दै जुनसुकै बेला विस्फोट हुने चेतावनी दिइरहेका छन् ।

उनको चेतावनी देउवाको प्रस्तावको आडमा रहेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बुझिसकेका छन् । माधव नेपाल अहिलेको वर्तमान सत्ता गठबन्धनबाट प्रधानमन्त्री बन्न चाहन्छन् । तर, यसमा दाहाल र ओली दुवै बाधक बनेका छन् ।

ओलीले कुनैपनि हालतमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन नसकिने जवाफ प्रचण्डसामू राखेका छन् । देउवाले कांग्रेस, एकीकृत समाजवादी, राप्रपा, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चासम्मिलित नयाँ गठबन्धन बनाउन चाहेका छन् । यी सबै दल मिल्दा सरकार बनाउन चाहिने १३८ को संख्या ठ्याक्कै पुग्छ ।

वैकल्पिक गठबन्धन बनाउन सकिए स्वतन्त्र सांसदहरुलाई पनि जोड्न सकिने देउवाको विश्वास छ। माधव नेपालले प्रधानमन्त्रीको लोभमा अहिलेको गठबन्धन छोडे उपेन्द्र यादवलाई पनि बाहिर ल्याउन सकिने देउवाको विश्वास छ । अहिले कांग्रेसमा सभापति देउवाका विश्वासपात्रहरुले यसको लागि सक्रियता बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP