आइतबार , भाद्र १४, २०८३

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले २०७४ को निर्वाचनमा पाएको मतको कारण नेताहरुमा घमण्ड सवार हुँदा ०७९ को निर्वाचनमा क्षति व्यहोर्नु परेको बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०७४ मा कम्युनिष्ट पार्टीले पाएको मत सदुपयोग हुन नसकेको बताएका हुन् ।

नेकपा (एमाले) का अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने, ‘२०७४ सालमा जनताले हामीलाई झण्डै दुई तिहाई बहुमत उपलब्ध गराए । त्यसलाई सदुपयोग गर्न सकेको भए २०७९ को सालमा हामीलाई सजिलो हुन्थ्यो । त्यो बेलामा हामीले शक्तिको सदुपयोग गर्नुपर्थ्यो, त्यो हुन सकेन । नेताहरुको दिमागमा घमण्ड सवार भयो ।’

साथै, जर्मनका क्रुर शासक हिटलर पनि घमण्डकै कारण सकिएको उनको दाबी छ । उनले जनताले दिएको शक्तिलाई सदुपयोग गर्न सक्नुपर्ने बताए ।

नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अरु कसैमा नरहेको उनको भनाइ छ । कम्युनिष्टहरु यथास्थितिमा नभएर परिवर्तनमा रमाउनुपर्ने उनको भनाइ छ । सत्तामा बस्नेहरुले शक्तिमा मात्तिन नहुने र सत्तामा पुगेपछि विनम्र हुनुपर्ने बताए । मात्तिएको खण्डमा क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP