मंगलबार , बैसाख ९, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि एमालेले उपनिर्वाचन जित्नपर्ने बताएका छन् ।

वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि एमालेले इलामले चुलाचुलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेको जित नै देश विकासको आधार भएको हुँदा एमालेले उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन आह्वान गरे ।

ओलीले कांग्रेसका उमेदवार डम्बर खड्काप्रति इंगित गर्दै ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश बनाउन सक्छ भन्दै प्रश्न गरे । “मदन भण्डारीको ठेकेदार को हो तपाईंलाई थाहा होला, ठेक्का लिएर बाटो बनाउन नसक्नेले देश बनाउँछ ? पैसा लिएर बाटो बनाउन नसक्नेले देश बनाउँछ ?, ” ओलीले प्रश्न गरे ।

एमालेले सबैलाई अवसर दिने ओलीको दाबी छ । “नेकपा (एमाले) समानता र सबैलाई अवसर दिन्छ । जो भेट्यो त्यसको कानमा अलगअलग भिडाइदिने काम एमाले गर्दैन, सबै भाषा जाति र आस्थाको विकास हुनुपर्छ भन्छ,” ओलीले भने ।

एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएपछि १५ गते उपनिर्वाचन हुँदैछ । एमालेले स्वर्गीय सुवासपुत्र सुहाङलाई मैदान उर्तादा कांग्रेसले गत वर्ष पराजित भएका खड्कालाई टिकट दिएको छ । इलाम २ मा १९ जनाले मनोनयन दर्ता गरेपनि कांग्रेस र एमालेबीच चर्को प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP