शनिबार , असार १३, २०८३

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वारहरुलाई जिताउनको लागि अपिल गरेका छन् ।

केही कार्यक्रममा भाग लिनको लागि यतिवेला अमेरिकामा रहेका थापाले सामाजिक सञ्जालमार्फत इलाम-२ मा डम्बर बहादुर खड्का र बझाङ प्रदेशसभा-१ मा अभिषेक सिंहलार्य जिताउन आम मतदासमक्ष आग्रह गरेका छन् । निर्वाचनको मौन अवधि सुरु हुनु केही घण्टा अघिमात्रै थापाले यसरी आफ्नो पार्टीका उम्मेद्वारलाई जिताउन अपिल गरेका हुन् ।

उनले फेशबुकमा लेखेका छन्-

वैशाख १५ गते हुने उपनिर्वाचनले संसदमा कसको संख्या बढ्छ भन्ने कुरा महत्वपूर्ण होइन कस्तो सन्देश दिन्छ भन्ने कुरा महत्वपूर्ण हो। यतिबेला आवेग र उत्तेजना होइन समन्वय र संयमको आवश्यकता छ। इलाम प्रतिनिधिसभा क्षेत्र नं.२ र बझाङ प्रदेशसभा १ बाट नेपाली कांग्रेस निर्वाचित भएर आउँदै गर्दा समन्वयकारी शक्ति बलियो हुन्छ।हामीलाई थप ताकत मिल्छ,बल पुग्छ । यी दुई साथीहरूले हिजोका दिनमा कुनै पदीय जिम्मेवारीमा नहुँदै गर्दा त आम मानिसका, आफ्नो गाउँ ठाउँका विषयहरूलाई जोड तोडले उठाउदै आएका थिए र जनतासङै बसेर मद्दत गर्दै आएका थिए भने सांसदको जिम्मेवारीमा आइसके पछाडि यी विषयलाई थप जिम्मेवारीपूर्वक उठाउने छन् सँगै बसेर हल खोज्ने छन्।

त्यसैले इलाम र बझाङका आम मतदातासँग अपिल छ,तपाईँलाई अप्ठ्यारो पर्दा तपाईँसँगै उभिने तपाईँका समस्यालाई आफ्नो अनुकूलतामा उचाल्ने होइन समन्वय र समाधान दिने उम्मेदवारहरु तपाईँका बिचमा हुनुहुन्छ। हामीलाई विश्वास छ-वैशाख १५ गते आफ्नो मतदानको अधिकार प्रयोग गरी रुख चिन्हमा मत दिएर नेपाली कांग्रेसका उम्मेदवारहरू इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई विजयी गराउनुहुनेछ, उत्तेजना र भ्रम होइन समन्वय र संयमताको पक्षमा पूर्व र पश्चिमबाट नेपालको राजनीतिलाई सन्देश दिनुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP