नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेद्वारहरुलाई जिताउनको लागि अपिल गरेका छन् ।

केही कार्यक्रममा भाग लिनको लागि यतिवेला अमेरिकामा रहेका थापाले सामाजिक सञ्जालमार्फत इलाम-२ मा डम्बर बहादुर खड्का र बझाङ प्रदेशसभा-१ मा अभिषेक सिंहलार्य जिताउन आम मतदासमक्ष आग्रह गरेका छन् । निर्वाचनको मौन अवधि सुरु हुनु केही घण्टा अघिमात्रै थापाले यसरी आफ्नो पार्टीका उम्मेद्वारलाई जिताउन अपिल गरेका हुन् ।

उनले फेशबुकमा लेखेका छन्-

वैशाख १५ गते हुने उपनिर्वाचनले संसदमा कसको संख्या बढ्छ भन्ने कुरा महत्वपूर्ण होइन कस्तो सन्देश दिन्छ भन्ने कुरा महत्वपूर्ण हो। यतिबेला आवेग र उत्तेजना होइन समन्वय र संयमको आवश्यकता छ। इलाम प्रतिनिधिसभा क्षेत्र नं.२ र बझाङ प्रदेशसभा १ बाट नेपाली कांग्रेस निर्वाचित भएर आउँदै गर्दा समन्वयकारी शक्ति बलियो हुन्छ।हामीलाई थप ताकत मिल्छ,बल पुग्छ । यी दुई साथीहरूले हिजोका दिनमा कुनै पदीय जिम्मेवारीमा नहुँदै गर्दा त आम मानिसका, आफ्नो गाउँ ठाउँका विषयहरूलाई जोड तोडले उठाउदै आएका थिए र जनतासङै बसेर मद्दत गर्दै आएका थिए भने सांसदको जिम्मेवारीमा आइसके पछाडि यी विषयलाई थप जिम्मेवारीपूर्वक उठाउने छन् सँगै बसेर हल खोज्ने छन्।

त्यसैले इलाम र बझाङका आम मतदातासँग अपिल छ,तपाईँलाई अप्ठ्यारो पर्दा तपाईँसँगै उभिने तपाईँका समस्यालाई आफ्नो अनुकूलतामा उचाल्ने होइन समन्वय र समाधान दिने उम्मेदवारहरु तपाईँका बिचमा हुनुहुन्छ। हामीलाई विश्वास छ-वैशाख १५ गते आफ्नो मतदानको अधिकार प्रयोग गरी रुख चिन्हमा मत दिएर नेपाली कांग्रेसका उम्मेदवारहरू इलाममा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई विजयी गराउनुहुनेछ, उत्तेजना र भ्रम होइन समन्वय र संयमताको पक्षमा पूर्व र पश्चिमबाट नेपालको राजनीतिलाई सन्देश दिनुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP