शनिबार , असार १३, २०८३

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफूहरु सत्ताको लागि लालायित नभएको बताएका छन् । उनले भने,‘हामी मुलुक बनाउनको लागि मिलेर काम गर्न तयार नै छौं । हामी सत्ताका लागि लालायित छैनौं । अहिलेपनि हाम्रो लागि सत्ता प्राथमिकता होईन । मुलुकलाई सही बाटोमा डोर्याउने काम हाम्रो प्राथमिकता भनेका छौं । अहिले पनि हामीले नयाँ सत्ता समिकरण गर्दाखेरि फलानो महत्वपूर्ण मन्त्तालय चाहिन्छ भनेर दाबी गरेनौं । मुलुकलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोर्याउने नै हाम्रो प्राथमिकताको विषय हो । नीतिगत हस्तक्षेप प्राथमिकताको विषय हो ।’

भोलिबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारीको सन्दर्भमा जानकारी दिन आयोजित पार्टी कार्यालयको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेले एमालेको लागि सत्ता प्राथमिकताको विषय नभएको जिकिर गरेका हुन् । उनले सरकारको नेतृत्वमा आलोपालोको विषयमा पनि वर्तमान सरकारले राम्रो काम गरे निरन्तरता दिन तयार रहेको स्पष्ट पारे ।

उनले भने,‘कतिपयले सोध्ने गरेका छन्, आलोपालो भनेर सोध्ने गर्दछन् । हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौं भनिराखेका छौं । किनकी हाम्रो चिन्ता मुलुक र जनताप्रति हो । राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा हामीले स्पष्ट रुपमा भन्दै आएका छौं ।’ उनले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आउँदा नेपाली कांग्रेससँग मिलेर काम गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP