आइतबार , भाद्र १४, २०८३

नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ दल नेकपा एमालेले गर्न लागेको हीरक महोत्सवमा देशका प्रधानमन्त्रीदेखि सबै पूर्व प्रधानमन्त्रीलाई आमन्त्रण गरिने भएको छ ।

एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महोत्सवमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवै जनालाई प्रमुख वक्ताको रुपमा निमन्त्रण गरिएको छ । दुवै नेतालाई आजमात्र भट्टराई नेतृत्वको टिमले निम्तो दिएको थियो ।

त्यस्तै तत्कालिन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादबलाई पनि एमालेले आजै निम्ता दिएको छ भने नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बावुराम भट्टराई, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेकपाका महासचिव नेत्रविक्रम चन्दा, मोहन वैधलगायतलाई निम्तो दिनेक्रम जारी रहेको भट्टराईले जानकारी दिए ।

कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने तयारी रहेको पनि बताए।

यता राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा लिएर संसद्मा प्रतिनिधित्व गर्ने राप्रपालाई पनि एमालेले कार्यक्रममा बोलाउने एमालेको तयारी छ । राप्रपासँग सांगठनिक र राजनीतिक विचार नमिलेपनि एमालेसँग विगतदेखि नै नजिक रहँदै आएको छ ।

यसैबीच नेकपा एमालेले शनिबारबाट महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्दैछ। गोदावरीको सनराइज हलमै हुने क्रार्यक्रममा दुई हजार ४५४ प्रतिनिधि सहभागी हुनेछन्।

एमालेको दसौं महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी थिए। ती सबै महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा सहभागी हुनेछन्। यसका अतिरिक्त केन्द्रीय निकायका सदस्यहरू गरी दुई हजार ४५४ प्रतिनिधि रहनेछन्।

आइतबारसम्म चल्ने परिषद् बैठकमा ६ वटा दस्तावेज प्रस्तुत हुनेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP