मंगलबार , बैसाख ९, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ ।

बुधबार साँझ गाल्फुटारस्थित कांग्रेसका एक नेताको घरमा देउवा र नेपालबिच पौने एक घण्टा भेटवार्ता भएको हो । पार्टीको सचिवालय बैठकपछि अध्यक्ष नेपाल देउवासँगको भेटवार्ताका लागि गल्फुटार पुगेका हुन् । नेपाल पुगेको केही समयपछि देउवा आइपुगेका थिए ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबिच भएको गोप्य भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्ष लक्ष्मणकिशाेर चाैधरीलाई साथ दिएर एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई चुनौती दिएको थियो । यद्यपि आफूले मुख्यमन्त्री पाउने आश्वासन भाएपछि एकीकृत समाजवादीले लक्ष्मणकिशाेरलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रदेश प्रमुख नाजिर मियाँले मंगलबार नाउपाका लक्ष्मणकिशाेर र कैलाली चौधरी दुबैको दाबी अस्वीकृत गरिदिएका थिए । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर साेडारीलाई एमालेले स्वीकार नगर्ने संकेत गरेपछि नेपाल देउवालाई भेट्न पुगेको स्रोतले बतायो ।

स्रोतका अनुसार देउवा र नेपालीबिच सुदूरपश्चिम प्रदेश सरकार निर्माण र वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल केन्द्रित थियो । नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै सहकार्य सहज नभएको भन्दै वैकल्पिक गठबन्धन निर्माण आफ्नो साथ रहने विश्वास दिलाएको देउवा निकट स्रोतले बतायो ।

एकीकृत समाजवादीले साथ छोड्दा मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा केन्द्रीय गठबन्धन बाहिरबाट सरकार बन्ने परिस्थिति छ । एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिए जनता समाजवादी पार्टी पनि बाहिरिन सक्ने कांग्रेसकाे बुझाइ छ । एमालेसहितको गठबन्धनप्रति जसपामा पनि असन्तुष्टि देखिन्छ । गत फागुन ३० मा तेस्रो पटक विश्वास मत लिँदा १५६ सांसदकाे समर्थन पाएका प्रधानमन्त्री प्रचण्डलाई सरकार जोगाउन एकीकृत समाजवादी र जसपाकाे साथ कठिन छ ।

एकीकृत समाजवादीका १० र जसपाका १२ गरी २२ सांसदले साथ छोड्दा प्रचण्ड सरकार अल्पमत पर्छ । सरकार बनाउन १३८ सांसद चाहिनेमा एकीकृत समाजवादी र जसपा बाहिरिँदा १३४ सांसद मात्र रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP