नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न उपनिर्वाचनमा अत्याधिक मतले सुहाङ नेम्वाङलाई जिताउन अपिल गरेका छन् । चुनावी अभियानका क्रममा इलाममा रहेका ओलीले सुहाङले चुनाव जित्ने दाबी गरे । उनले चुनाव जित्नुमात्रै ठूलो कुरा नभएको दाबी गर्दै अत्याधिक बहुमतले विजयी गराउन आह्वान गरेका हुन् । साथै, उनले सुहाङ र इलामको विकासको जिम्मा आफूले लिने उद्घोष गरे ।

‘सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिन्छ, सुहाङ नेम्वाङको जिम्मा म लिन्छु । यहाँको विकासको जिम्मा म लिन्छु । पैसा कमाउन, खाँचो भएर यहाँ आएको होईन सुहाङ नेम्वाङ,’– उनले भने ।

सुहाङ बाबुको सपना पूरा गर्न र देश बनाउनका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेको उनको दाबी छ । सूर्य चिन्हमा मतदान गरेर सुहाङलाई जिताउन उनले आग्रह गरे । साथै, उनले अन्य प्रतिस्पर्धी दलका उम्मेदवारलाई पैसा खर्च नगर्नसमेत उनले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP