बुधबार , असार ४, २०८२

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहमति कार्यान्वयन नगरेको बताएका छन् । आज (सोमबार) पार्टी कार्यालय आलोकनगरमा सचिवालय सदस्यहरुसँगको छलफलमा उनले यस्तो जानकारी गराएका हुन् । अध्यक्ष नेपालले आफूहरु हेपिएर र पेलिएर बस्न नहुने नेताहरुलाई बताए ।

केन्द्र र प्रदेश सरकार सञ्चालनमा ओली–प्रचण्डले एकलौटी ढंगले अघि बढ्न खोजेको अध्यक्ष नेपालले बताए । उनले आफूहरुले चाहेको खण्डमा वर्तमान सरकार ढल्नेसमेत दाबी गरे ।

एकीकृत समाजवादीलाई बागमती वा सुदूरपश्चिमको मुख्यमन्त्री दिने सहमति भएपनि ओली–प्रचण्ड सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर नबनेको अधयक्ष नेपालको भनाइ छ । साथै, केन्द्र सरकारमा अझै एक मन्त्री एकीकृत समाजवादीको भागमा दिने सहमति भएको भएपनि यसमा पनि ओली–प्रचण्डले चासो नदेखाएको अध्यक्ष नेपालको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP