थम्मन थापा, बागलुङ
प्रसिद्व बागलुङ कालिका मन्दिर परिसरमा सञ्चालन भईरहेको परम्परागत चैत्राष्टमी मेलालाई लक्षित गरि नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ ।

मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख सेनानी धन राना मगरले जानकारी दिनुभयो ।

श्री श्रीमेहर गण र श्री नं २३ फिल्ड गुल्मको सकृयतामा चैत्राष्टमी मेला अवधिभर दर्शक तथा अतिथिहरुको स्वास्थ्यमा समस्या आएमा सामन्य देखि आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिने प्रमुख सेनानी रानाले बताउनु भयो ।

नेपाली सेना अन्तर्गत जिल्लामा तैनाथ श्री नं. २३ बाहिनी अड्डाको संयोजनमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको हो । सो अवधिमा जटिल समस्या भएका दर्शनार्थी तथा दर्शकलाई तत्काल उपचारको लागि अस्पताल लैजान सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितीको आयोजनामा वैशाख ६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक चैत्राष्टमी मेलामामा नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र मार्फत सेवा प्रदान गर्ने छ ।

नेपाली सेनाको यो परोपकारी कार्यले ऐतिहासिक चैत्राष्टमी मेलालाई सफल र व्यवस्थित बनाउन सहयोग पुग्ने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनु भयो ।
नेपाली सेनाले नागरिकलाई लक्षित गरि विभिन्न समयमा परोपकारी कामहरुलाई निरन्तरता दिंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP