सोमबार , भाद्र १५, २०८३

थम्मन थापा, बागलुङ
प्रसिद्व बागलुङ कालिका मन्दिर परिसरमा सञ्चालन भईरहेको परम्परागत चैत्राष्टमी मेलालाई लक्षित गरि नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको छ ।

मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख सेनानी धन राना मगरले जानकारी दिनुभयो ।

श्री श्रीमेहर गण र श्री नं २३ फिल्ड गुल्मको सकृयतामा चैत्राष्टमी मेला अवधिभर दर्शक तथा अतिथिहरुको स्वास्थ्यमा समस्या आएमा सामन्य देखि आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिने प्रमुख सेनानी रानाले बताउनु भयो ।

नेपाली सेना अन्तर्गत जिल्लामा तैनाथ श्री नं. २३ बाहिनी अड्डाको संयोजनमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको हो । सो अवधिमा जटिल समस्या भएका दर्शनार्थी तथा दर्शकलाई तत्काल उपचारको लागि अस्पताल लैजान सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितीको आयोजनामा वैशाख ६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक चैत्राष्टमी मेलामामा नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र मार्फत सेवा प्रदान गर्ने छ ।

नेपाली सेनाको यो परोपकारी कार्यले ऐतिहासिक चैत्राष्टमी मेलालाई सफल र व्यवस्थित बनाउन सहयोग पुग्ने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनु भयो ।
नेपाली सेनाले नागरिकलाई लक्षित गरि विभिन्न समयमा परोपकारी कामहरुलाई निरन्तरता दिंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP