आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले ठूला दललाई तर्साउने शक्तिको अन्त्य गर्नको लागि एमाले र कांग्रेस मिल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले एमाले र कांग्रेसको सहकार्य निर्वाचनसम्बन्धी कानून संशोधन गर्न हुनुपर्ने बताएका हुन् ।

सम्वादको यात्राको क्रममा बाँके पुगेका थापाले यस्तो आवश्यकत्ता औंल्याएका हुन् । थापाले माओवादी केन्द्र र रास्वपालक्षित यो टिप्पणी गरेका हुन् । उनले भने,‘निर्वाचनमा कम सिट प्राप्त गर्ने तर ठूला दललाई तर्साउने शक्तिको अन्त्यका लागि संविधान वा राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्नुपर्ने विकल्प छ । त्यसको लागि कांग्रेस र एमालेले सम्वाद थाल्नुपर्छ ।’ निर्वाचनसम्बन्धी प्रावधान सच्याउनको लागि एमाले र कांग्रेस मिल्नुपर्ने कुरा यसअघि कांग्रेसकै नेता डा. शेखर कोइरालाले पनि उठाएका छन् ।

थापाले बाँकेको खजुरीमा आयोजित कार्यक्रममा भनेका छन्,‘सानोसानो पसल खोलेर धन्दा चलाउने अवस्था सधैंको लागि बन्द गरिदिऔं, १५ सिटे, २० सिटे, ३० सिटे पार्टीले कहिले कांग्रेस र्साउने, कहिले एमाले तर्साउने गर्न थाले । यो खेललाई सधैंका लागि बन्द गर्ने कानुन बनाऔं ।’
#file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP