मंगलबार , बैसाख २९, २०८३

चन्द्र प्रकाश गुरुगं
पुराखबर

अष्ट्र्लियाको उत्तरी राज्यको सदरमुकाम डार्विनदेखि झण्डै ३३० किमि दक्षिणमा पर्ने सानो सहर हो क्याथरिन। यस सहरमा क़रीब ५०० जना नेपालीहरु बसोबासगरेको अनुमान गरिन्छ । खास गरि रेजिनल भिसाको लागि केहि बर्ष बस्न आउने र भीसा बनेपछि यसठाउबाट अन्यत्र जाने क्रम चलिरहेकोले स्थाईरुपले बस्नेको संख्या भने अति न्युन छ।

हिजो १३ अप्रिलका दिन नेपाली नयॉबर्ष बैशाख १ गते २०८१ परेकाले यहॉका नेपालीहरु स्थानिय “लो लेभल पार्क” मा जम्मा भई नयॉबर्षको शुभकामना आदन प्रदान गर्दै पिकनिक मनाए। क़रीब ५० जनाको सहभागीता रहेको यस पिकनिक मा सबैले आ-आफ्नो घरबाट बिभिन्न थरिका मिठा मिठा नेपाली खानाकानपरिकार हरु ल्याएका थिए र बॉडीचुडी खाए। साना बालबालिका देखि लिएर अबिभावक हरु सबैले सहभागी युवाहरुले बजाएको नेपाली मौलिक मादल बॉसुरी र गीतार को लोकभाका मा रमाईलो गरि नाचगान गरे।

यस पिकनिक लाई भर्खर मात्र गठन भएको क्यथरिन नेपाली एशोसियसन ले संयोजन गरेको थियो। एसोसिएशनले आयोजना गरेको गत होलि पर्व पछिको यो दोश्रो कार्यक्रम भएको जानकारी सहभागीहरुले पुराखबरलाई बताए।
सम्पुर्ण क्यथरिनबासी नेपाली हरुलाई पुराखबरको तर्फबाट पनि नव बर्ष २०८१को पावन अबसरमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP