शनिबार , असार १३, २०८३

यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा रोचक प्रतिष्पर्धा हुने भएको छ । सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको उक्त क्षेत्रमा यही बैशाख १५ गते हुने उपनिर्वाचनमा चार पक्षीय भिडन्त हुने निश्चित् भएको छ । सो क्षेत्रमा सुवासका छोरा सुहाङ नेम्वाङ चुनावी मैदानमा छन् ।

एमालेले सुहाङलाई जिताउनको लागि माओवादी र विप्लव नेतृत्वको नेकपाको पनि साथ पाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली बैशाख पहिलो साता दलबलसहित इलाम पुग्ने भनिएको छ । ओलीसँग प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लव पनि जानेगरि कार्यक्रम तय भएको जनाईएको छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसले डम्बर खड्का चुनावी मैदानमा छन् । खड्का ०७९ को निर्वाचनमा सुवाससँग पराजित भएका थिए । रवि लामिछाने नेतृत्वको रास्वपाबाट भने मिलन लिम्बु मैदानमा छन् । उता, स्वतन्त्रबाट डकेन्द्रसिंह थेगिम उठेका छन् । उनलाई धरानका मेयर हर्कराज राईको साथ छ ।

रोचक त के भने डकेन्द्रलाई जिताउन गायकसमेत रहेका उनका छोरा एकदेव लिम्बुपनि चुनावी मैदानमा उत्रिएका छन् । एकदेव सांगितीक कार्यक्रम लिएर अमेरिकामा थिए । उनी अमेरिकाको सांगितिक कार्यक्रम छोट्याएर बुवा डकेन्द्रलाई जिताउन इलामका गाउँ–शहर डुल्न थालेका छन् । एकदेव अहिलेको पुस्तामा सर्वाधिक रुचाईएको गायक हुन् । एकदेवले बुवालाई जिताउनको लागि सक्रिय भूमिका खेलिसकेका छन् ।

उनले काठमाडौंका मेयर बालेन्द्र शाहको पनि साथ खोजेको बुझिएको छ। बालेनसँग अहिले धरानका मेयर हर्कको पनि राम्रो सम्बन्ध छ । डकेन्द्र स्वतन्त्रबाट चुनावी मैदानमा भएकोले बालेनपनि उनको पक्षमा माहोल बनाउन इलाम जानसक्ने अड्कलबाजी सुरु भएको छ । एकदेवको पनि बालेनसँग सुमधुर सम्बन्ध रहेको बुझिएको छ । डकेन्द्र स्वतन्त्र उम्मेद्वार भएको कारणपनि बालेनले सघाउने चर्चा छ । डकेन्द्रले छोराको कारणपनि बालेन इलाम आउने विश्वास लिएका छन् ।

@REPOTERS NEPAL

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP