यही बैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा रोचक प्रतिष्पर्धा हुने भएको छ । सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको उक्त क्षेत्रमा यही बैशाख १५ गते हुने उपनिर्वाचनमा चार पक्षीय भिडन्त हुने निश्चित् भएको छ । सो क्षेत्रमा सुवासका छोरा सुहाङ नेम्वाङ चुनावी मैदानमा छन् ।

एमालेले सुहाङलाई जिताउनको लागि माओवादी र विप्लव नेतृत्वको नेकपाको पनि साथ पाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली बैशाख पहिलो साता दलबलसहित इलाम पुग्ने भनिएको छ । ओलीसँग प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लव पनि जानेगरि कार्यक्रम तय भएको जनाईएको छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसले डम्बर खड्का चुनावी मैदानमा छन् । खड्का ०७९ को निर्वाचनमा सुवाससँग पराजित भएका थिए । रवि लामिछाने नेतृत्वको रास्वपाबाट भने मिलन लिम्बु मैदानमा छन् । उता, स्वतन्त्रबाट डकेन्द्रसिंह थेगिम उठेका छन् । उनलाई धरानका मेयर हर्कराज राईको साथ छ ।

रोचक त के भने डकेन्द्रलाई जिताउन गायकसमेत रहेका उनका छोरा एकदेव लिम्बुपनि चुनावी मैदानमा उत्रिएका छन् । एकदेव सांगितीक कार्यक्रम लिएर अमेरिकामा थिए । उनी अमेरिकाको सांगितिक कार्यक्रम छोट्याएर बुवा डकेन्द्रलाई जिताउन इलामका गाउँ–शहर डुल्न थालेका छन् । एकदेव अहिलेको पुस्तामा सर्वाधिक रुचाईएको गायक हुन् । एकदेवले बुवालाई जिताउनको लागि सक्रिय भूमिका खेलिसकेका छन् ।

उनले काठमाडौंका मेयर बालेन्द्र शाहको पनि साथ खोजेको बुझिएको छ। बालेनसँग अहिले धरानका मेयर हर्कको पनि राम्रो सम्बन्ध छ । डकेन्द्र स्वतन्त्रबाट चुनावी मैदानमा भएकोले बालेनपनि उनको पक्षमा माहोल बनाउन इलाम जानसक्ने अड्कलबाजी सुरु भएको छ । एकदेवको पनि बालेनसँग सुमधुर सम्बन्ध रहेको बुझिएको छ । डकेन्द्र स्वतन्त्र उम्मेद्वार भएको कारणपनि बालेनले सघाउने चर्चा छ । डकेन्द्रले छोराको कारणपनि बालेन इलाम आउने विश्वास लिएका छन् ।

@REPOTERS NEPAL

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP