मंगलबार , बैसाख ९, २०८२

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेलमा कोचेर देखाउन गणतन्त्रवादीहरुलाई चूनौति दिएका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मिश्रले यस्तो चूनौति दिएका हुन् ।

उनले भने,”यिनीहरुले राजाको सम्पत्ति बेच्यो भने सबै जनतालाई चार चार कठ्ठा जग्गा बाँड्न पुग्छ भनेको होईन ? राजाको सम्पत्ति यिनीहरुले शिला खोजेजसरी खोज्दा के पाए ? केही पाए ? सकेको भए अहिलेसम्म जेलमा कोच्दैन थिए ? ले कोचेर देखाउनु त के हुन्छ ? दोस्रो कुरा प्रचण्डले राजालाई धेरै चुरीफुरी नगर्नु भनेको कुरा यहाँले भन्नुभयो, प्रचण्डले शेरबहादुर देउवा र केपी ओलीलाई के के मात्रै भनेनन् ? उनीहरुसँग त अंगालो हाल्न गए भने नरम नरम भाषामा आलोचना गरेको राजासँग देशको लागि सम्वाद गर्न नहुने कारण के छ ?”

पत्रकार धमलाले प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रबीच सहकार्य हुने सम्भावना छ त भनेर राखेको जिज्ञासमा नेता मिश्रले देशमा नवीन समझदारीको आवश्यकत्ता रहेको सुनाए । उनले भने-“सहकार्य र सहयात्राको सम्भावना म भन्दिनँ । तर, नविन समझदारीको अवधारणा नै के हो भने यो देशमा राजा, राजनीतिक दल र जनता सबैले आ आफ्ना किसिमका गल्ती गरेका छन् । सबले सबैलाई क्षमा गरिदिउँ । किनभने त्यो अहम लिएर बसेर यो देश सुरक्षित रुपमा हामी भावी पुस्तालाई हस्तान्तरण गर्न सक्दैनौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP