शनिबार , असार १३, २०८३

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेलमा कोचेर देखाउन गणतन्त्रवादीहरुलाई चूनौति दिएका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मिश्रले यस्तो चूनौति दिएका हुन् ।

उनले भने,”यिनीहरुले राजाको सम्पत्ति बेच्यो भने सबै जनतालाई चार चार कठ्ठा जग्गा बाँड्न पुग्छ भनेको होईन ? राजाको सम्पत्ति यिनीहरुले शिला खोजेजसरी खोज्दा के पाए ? केही पाए ? सकेको भए अहिलेसम्म जेलमा कोच्दैन थिए ? ले कोचेर देखाउनु त के हुन्छ ? दोस्रो कुरा प्रचण्डले राजालाई धेरै चुरीफुरी नगर्नु भनेको कुरा यहाँले भन्नुभयो, प्रचण्डले शेरबहादुर देउवा र केपी ओलीलाई के के मात्रै भनेनन् ? उनीहरुसँग त अंगालो हाल्न गए भने नरम नरम भाषामा आलोचना गरेको राजासँग देशको लागि सम्वाद गर्न नहुने कारण के छ ?”

पत्रकार धमलाले प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रबीच सहकार्य हुने सम्भावना छ त भनेर राखेको जिज्ञासमा नेता मिश्रले देशमा नवीन समझदारीको आवश्यकत्ता रहेको सुनाए । उनले भने-“सहकार्य र सहयात्राको सम्भावना म भन्दिनँ । तर, नविन समझदारीको अवधारणा नै के हो भने यो देशमा राजा, राजनीतिक दल र जनता सबैले आ आफ्ना किसिमका गल्ती गरेका छन् । सबले सबैलाई क्षमा गरिदिउँ । किनभने त्यो अहम लिएर बसेर यो देश सुरक्षित रुपमा हामी भावी पुस्तालाई हस्तान्तरण गर्न सक्दैनौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP