सोमबार , भाद्र १५, २०८३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा विशाल जनप्रदर्शन गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट जुलुसहरु निस्किएका छन् । प्रदर्शनकारीहरुले सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोडेर अगाडि बढेका छन् । आन्दोलनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । आन्दोलनमा राप्रपाका शीर्ष नेताहरु पनि सहभागी छन् । भद्रकालीबाट माइतीघरतर्फ मोडिने क्रममा उनीहरुमाथि प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।

उनीहरुमाथि प्रहरीले बल प्रयोग गर्दा केहीबेर प्रदर्शनकारीहरु तितरवितर भएका थिए । प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा र इँटा हानेका थिए । गणतन्त्र खारेजी, राजसंस्था पुनर्स्थापना, धर्मनिरपेक्षताको खारेजी र नेपाललाई हिन्दुराज्य घोषणा गरिनुपर्ने लगायतका माग राप्रपाको रहेको छ ।

यसअघि नै राप्रपाले सरकारलाई ४० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको थियो । ज्ञापनपत्रमा उल्लेख भएका मागहरु पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको राप्रपाले आज काठमाडौं केन्द्रीत जनप्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी हुन देशभरबाट उल्लेख्य संख्यामा राप्रपाका समर्थकहरु आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP