मंगलबार , बैसाख ९, २०८२

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीको बैठकले अधिकारी नेतृत्वको प्रदेश सरकार असंवैधानिक रहेको ठहर गर्दै अदालतको ढोका ढकढक्याउने निर्णय गरेको छ ।

संविधानको धारा १६८ को उपधार २ अनुासर अधिकारी आइतबार गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आइतबार नै पद तथा गोपनीयताको शपथ लिँदै हरिबहादुर चुमान र दीपक मनाङेलाई मन्त्रीसमेत नियुक्ति गरिसकेका छन् ।

एमाले माओवादी र स्वतन्त्र सांसद गरि ३१ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर, ३१ जनाको समर्थनमा माओवादी केन्द्रबाट निर्वाचित सभामुख कृष्ण धितालको पनि हस्ताक्षर प्रयोग भएको थियो ।

यसअघि कोशीमा पनि सभामुखलाई सरकार गठनमा प्रयोग गरेको भन्दै अदालतमा रिट परेको थियो । जसमा सर्वोच्चले सभामुखलाई सरकार निर्माणमा सहभागी हुन नमिल्ने फैसला सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP