बुधबार , असार ४, २०८२

रौतहटको विभिन्न परीक्षा केन्द्रबाट आज (शुक्रबार) जिल्ला अनुगमन समितिले परीक्षार्थीको साथबाट पाँच सय थान मोबाइल बरामद गरेको छ । परीक्षा हलभित्र मोबाइल लैजान बर्जित गरे पनि परीक्षार्थीहरुले लुकाएर लगेका मोबाइल बरामद गरिएको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० अन्तर्गत जिल्लाका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट अनुगमन समितिले परीक्षार्थीको साथमा रहेको मोबाइल बरामद गरेको हो । एसइईलाई मर्यादित, अनुशासित, शान्तिपूर्ण सम्पन्न गराउन जिल्ला परीक्षा अनुगमन समितिका पदाधिकारीले बिहान विभिन्न परीक्षा केन्द्रहरु अनुगमन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहितको टोलीले परीक्षार्थीको साथबाट मोबाइल फेला पारेको जिल्ला प्रहरीका डीएसपी एलिजा गिरीले जानकारी दिइन्् । ‘नियन्त्रणमा लिइएको मोबाइलहरु परीक्षा समाप्त भएपछि मात्र सम्बन्धित परीक्षार्थीलाई जिम्मा लगाइने छ,’ उनले भनिन्, ‘परीक्षालाई मर्यादित बनाउन हामीले हरसम्भव प्रयास गरिरहेका छौं ।’

परीक्षा केन्द्रको मुख्य गेटमा सुरक्षाकर्मीले जाँच गरी छाड्ने गरे पनि परीक्षार्थीहरुले कुनै न कुनै तरिकाले परीक्षा हलमा लगेको प्रहरीले जनायो । बरामद गरिएका मोबाइल सेटमा सम्बन्धित परीक्षार्थीहरुको नाम लेखेर जिल्ला प्रहरीमा राखिएको छ । परीक्षामा प्रयोग भएका मोबाइलहरु एसईई सकेपछि सम्बन्धित परीक्षा केन्द्रमार्फत फिर्ता गराइने प्रहरीले जनाएको छ । जिल्लामा ३९ वटा परीक्षा केन्द्रहरु छन् । ९,४६९ जनाले एसईई दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP