मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । एसियाका सबैभन्दा धनी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको बिहेमा सहभागी हुन प्रविधि क्षेत्रका दिग्गज व्यक्तिहरू भारत आएका छन् । माइक्रोसफ्टका संस्थापक बिल गेट्स मङ्गलबार र मेटाका संस्थापक मार्क जुकरबर्ग बिहीवार भारत पुगेका हुन् ।

आजदेखि आइतबारसम्म भारतको जामनगरमा हुने अनन्तको विवाह समारोहमा सहभागी हुन प्रविधि क्षेत्रका अन्य दिग्गज व्यक्तिहरू भारत आउने क्रम जारी छ । बिजनेस इन्साइडरका अनुसार उक्त समारोहमा सहभागी हुन गुगलका सीईओ सुन्दर पिचाई, सामसङ इलेक्ट्रोनिक्सका कार्यकारी अध्यक्ष जे वाई. ली, एडोबीका सीईओ शान्तनु नारायण, डिज्नीका सीईओ बब इगर सहभागी हुन लागेका छन् ।

भारत भ्रमणमा रहेका बिल गेट्सले सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य दिग्गज व्यक्तिसँग भेट गरेको उल्लेख गरेका छन् । पोस्टमा बिल गेट्सले मोदीसँग सार्वजनिक हित, महिला नेतृत्वको विकास, कृषि, स्वास्थ्य, जलवायुका क्षेत्रमा एआई कसरी उपयोगी हुन्छ भन्ने विषयमा छलफल गरेको जनाएका छन् ।

भारतीय सञ्चारमाध्यममा मार्क जुकरबर्गलाई स्वागत गरिएका फोटो पनि सार्वजनिक भएका छन् । उनले भने आधिकारिक रूपमा कतै आफू भारत आएको बताएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP