शनिबार , भाद्र १३, २०८३

भारतले चन्द्रयान–३ मिसनको सफल प्रक्षेपण गरेको छ । दक्षिण भारतमा अवस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट भारतीय समय २ बजेर ३५ मिनेटमा एलभीएम ३ रकेटले चन्द्रयानलाई अन्तरिक्षमा पुर्‍याएको छ । भारतीय अन्तरिक्ष संस्था इसरोका प्रमुख एस सोमनाथले प्रक्षेपण मिसन सफल भएको बताए ।

‘हाम्रो एलभीएम ३ ले चन्द्रयान ३ लाई पृथ्वीको कक्षमा पुर्‍याएको छ । अबको केही दिनमा चन्द्रयान–३ पृथ्वीको कक्ष हुँदै चन्द्रमाको कक्षतिर जाने छ ।’ इसरोले गरेको प्रत्यक्ष प्रसारणका क्रममा बोल्दै सोमनाथले भने ।  इसरोका अनुसार अगस्टको ५ तारिखमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुग्ने छ । सही समय र अनुकुल अवस्था भएपछि चन्द्रयानको रोभरलाई चन्द्रमामा अवतरण गराउने इसरोले जनाएको छ ।

चन्द्रयान–३ मिसनमा चन्द्रामको थप अध्ययनमा सघाउ पुग्ने बताइएको छ यस्तै त्यहाँको रासायनिक र प्राकृतिक अवस्थाको पनि अध्ययन यो मिसनमा हुँदैछ ।चन्द्रमाको दक्षिणी ध्रुवमा अगस्ट २३ मा अवतरण गराउने इसरोको योजना छ । चन्द्रमाको दक्षिणी ध्रुवमा हालसम्म कुनै पनि मुलुक पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै पुगेका छन् ।

चार वर्षअघि चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप पुरस्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो । इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर प्रक्षेपण गरेको छ । यो मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्याल्कुलेसनलगायत सबै किसिमका कमजोरी अध्ययन गरिएको छ ।

चन्द्रयान–३लाई पृथ्वीको कक्षसम्म पुर्‍याएको इसरोको एलभीएम ३ रकेट ४३.५ मिटर अग्लो छ । यसलाई ‘फ्याट ब्वाई’ नामले समेत चिनिन्छ । यो भारतको सबैभन्दा ठूलो र धेरै भार बोक्न सक्ने रकेट हो । यसले यसअघि ६ वटा मिसन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । भारत मंगल ग्रहको कक्षमा पुग्ने पनि चौथो मुलुक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP