मंगलबार , बैसाख २९, २०८३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ।

उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीका प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी दिए।

प्रधानमन्त्री पत्नी सीता दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्‍याइएको थियो।

अस्पतालले उनलाई मृत घोषणा गरेको हो।

उनकाे पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ।

उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP