मंगलबार , बैसाख २९, २०८३

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काम बिगार्ने तथा तपाईंको नकारात्मक सोच्नेहरू सक्रिय हुनेछन् । आम्दानी हुने ठाउँमा शत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता पनि मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ, तर सौन्दर्यतामा धन खर्च हुनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको लगानी र कारोबारमा सफलता मिल्नेछ, तर यात्रामा मालसामान हराउन चैं सक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुनसक्नेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद यात्राको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP