मंगलबार , अषोज २७, २०८३
प्रतिनिधि सभाको बैठक दुई घन्टा सरेको छ।

दिउँसो १ बजेलाई तय गरिएको बैठक ३ बजेलाई सरेको सभामुख देवराज घिमिरेका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताको बैठक बसेको थियो। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बैठक बसेको हो।

बैठकपछि प्रधानमन्त्री प्रचण्डले दुई घन्टा बैठक सार्न आग्रह गरेको प्रेस संयोजक अधिकारीले जानकारी दिए।

‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले एक बजेका लागि तय गरेको बैठक दुई घण्टा पछि सार्नुभएको छ। टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामना समेत दिनुभयो,’ अधिकारीले भने।

गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिले एमाले आन्दोलित छ। उसले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने बताउँदै निरन्तर अवरोध गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP