आइतबार , बैसाख २८, २०८२

नेपाली कांग्रेस क्षेत्र नम्बर २ रुपन्देहीको क्षेत्रीय सम्मेलनमा लफडा भएको छ । संस्थापन पक्षका विद्यार्थी नेताहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेपछि केहीबेर लफडा भएको हो ।
बुटवलको एक होटलमा सञ्चालन भइरहेको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मन्तव्य राखेर निस्किएपछि संस्थापन पक्षधर नेविसंघ रुपन्देहीका सभापति सन्दीप पौडेल लगायतका विद्यार्थी नेताहरुले आफूहरुलाई आसन ग्रहण नगराएको भन्दै कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि थिए । कार्यक्रम बिथोलिएपछि कांग्रेस नेता परियार र खाँणवीच फोनमा भनाभन भएको र परियारले खाँणलाई फोन गर्दै पार्टीमा अराजकता ननिम्त्याउन आग्रह गरेका थिए ।

संस्थापन समूहका विद्यार्थी नेताहरुले कार्यक्रमस्थलमा नाराबाजी गर्दै ब्यानर च्यातेका थिए भने कार्यक्रममा कुर्ची तोड्ने प्रयास समेत गरेका थिए ।

कार्यक्रममा आमन्त्रण नै नगरिएका व्यक्तिहरुले आसनग्रहण नगराएको निहुं झिकेर कार्यक्रम बिथोलेर अराजकता निम्त्याएको संस्थापन इतरका नेताहरुको भनाइ छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य दीर्घ बहादुर केसी कुमारले विद्यार्थी नेताहरुले कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणको आडमा राजनीतिक अराजकता निम्त्याएको आरोप लगाए ।

केहीबेर लफडा भएको कार्यक्रम पछि भने प्रहरी परिचालन गरेर कार्यक्रम सुचार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु