शनिबार , भाद्र १३, २०८३

नेपाली कांग्रेस क्षेत्र नम्बर २ रुपन्देहीको क्षेत्रीय सम्मेलनमा लफडा भएको छ । संस्थापन पक्षका विद्यार्थी नेताहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेपछि केहीबेर लफडा भएको हो ।
बुटवलको एक होटलमा सञ्चालन भइरहेको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मन्तव्य राखेर निस्किएपछि संस्थापन पक्षधर नेविसंघ रुपन्देहीका सभापति सन्दीप पौडेल लगायतका विद्यार्थी नेताहरुले आफूहरुलाई आसन ग्रहण नगराएको भन्दै कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि थिए । कार्यक्रम बिथोलिएपछि कांग्रेस नेता परियार र खाँणवीच फोनमा भनाभन भएको र परियारले खाँणलाई फोन गर्दै पार्टीमा अराजकता ननिम्त्याउन आग्रह गरेका थिए ।

संस्थापन समूहका विद्यार्थी नेताहरुले कार्यक्रमस्थलमा नाराबाजी गर्दै ब्यानर च्यातेका थिए भने कार्यक्रममा कुर्ची तोड्ने प्रयास समेत गरेका थिए ।

कार्यक्रममा आमन्त्रण नै नगरिएका व्यक्तिहरुले आसनग्रहण नगराएको निहुं झिकेर कार्यक्रम बिथोलेर अराजकता निम्त्याएको संस्थापन इतरका नेताहरुको भनाइ छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य दीर्घ बहादुर केसी कुमारले विद्यार्थी नेताहरुले कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणको आडमा राजनीतिक अराजकता निम्त्याएको आरोप लगाए ।

केहीबेर लफडा भएको कार्यक्रम पछि भने प्रहरी परिचालन गरेर कार्यक्रम सुचार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP