आइतबार , बैसाख ७, २०८२

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि बन्द भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज (शनिबार) बिहान पहिरो खस्दा शुक्रबार साँझ मात्र खुलाइएको सडक पुनः बन्द भएको हो।

सोही स्थनामा बिहीबार दिउँसो बन्द भएको सडक शुक्रबार साँझ ५ बजे मात्र खुलाइएको थियो। पहिरो पन्छाएर खुलाइएको सडक पुनः पहिरो खस्दा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम सुरु गरिएको छ।

सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP