शनिबार , भाद्र १३, २०८३

तिनाउँ गाउँपालिकाले गाउँपालिकाका किसानहरुले उत्पादन गरेको कृषि उत्पादनको बजारीकरणका लागि जिल्लामै नौलो अभ्यासको थालनी गरेको छ । बुटवल उप महानगरपालिकासँगको सहकार्यमा तिनाउँले बुटवल हाटबजार लाइनमा सटर भाडामा लिएर तिनाउँका किसानहरुको उत्पादनका लागि सिधै उपभोक्तासम्म पु¥याएको छ ।

तिनाउँ कृषि उपज बिक्री केन्द्र मार्फत किसानले उत्पादन गरेका तरकारीहरू सिधै विक्री वितरण हुँदै आएको छ । यसबाट किसान र उपभोक्ता दुबैलाई फाइदा भएको छ । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले यो अभ्यास सम्भवतः लुम्बिनी प्रदेशमै नमुना भएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले किसानहरुले उत्पादन गरेका कृषि उत्पादनहरू बिक्री वितरण गर्न समस्या हुने गरेको गुनासो आइरहेको र यसमा पनि गाउँपालिकाले सहयोग गर्न सके हुन्थ्यो भन्ने किसानहरुकै सुझावका आधारमा गाउँपालिकाले यो प्रयास गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले किसानहरुले आफ्नो उत्पादनको उचित मुल्य नपाउँदासम्म उनीहरुको मनोवल पनि उच्च नहुने भएकोले किसानहरुको मनोवल बढाउन यो प्रयास सहयोगी हुने बताउनुभयो । गाउँपालिका भित्रका किसानहरुले काउली, बन्दा, टमाटर, खुर्सानी, धनिया, काक्रा फर्सी, करेला, सिमी, साग, लगायतका धेरै तरकारीहरू उत्पादन गर्दै आएको र उक्त सटरहरुबाट किसानहरुको उत्पादन सिधै बिक्री हुने भएकोले उपभोक्ताले पनि सहुलियत मुल्यमा अर्गानिक तरकारी किन्न पाउने बताउनुभयो ।

गाउँपालिका कृषि शाखा संयोजक हेमन्त शर्माले कृषि शाखाको स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत किसान र माग र चाहना अनुसार चालु आर्थिक वर्षमा २ लाख ५० हजारबाट उक्त कार्य सुरू गरिएको बताउनुभयो । एउटा सटरबाट अहिले काम सुरू गरिएको छ र आगामी आगामी वर्षदेखि २ वटा सटर बनाउने योजना रहेको छ । हप्तामा तीन दिन शनिवार, बुधवार र सोमवार यो केन्द्रबाट तरकारी बिक्री बितरण हुदै आएको छ । गत साता करिब ११ मेट्रिकटन छ अर्थात् सात लाख रुपैया बराबरको तरकारी विक्री भएको उहाले बताउनुभयो । यो अभ्यास नया र नौलो भएकोले पनि किसानहरुलाई पनि सहज भएको उहाले बताउनुभयो । पहाडमा फलेको अर्गानिक तयारी सुपथ मुल्यमा किन्न पाएपनि उपभोक्ताहरु पनि खुशी भएका छन् ।

बजारीकरणका लागि गाउँपालिकाले २ जना कर्मचारीको व्यवस्था गरेको छ । तिनाउँमा कृषि एम्बुलेन्स मार्फत किसानहरुले समूहमा संकलन गरेका तरकारीहरू ढुवानी गरि हाटबजारसम्म पु¥याउने काम हुदै आएको छ । यसमा समन्वयकारी भूमिका यहाँ रहेका कृषि समूहहरुले पनि गर्दै आएका छन् ।

कृषि शाखा प्रमुख शर्माले गाउँपालिकाका सबै वडाहरू कृषि तथा पशुपालनका लागि राम्रो सम्भावना रहेको वडाहरुको रुपमा रहेको बताउनुभयो । यहाँको सत्यवती र कोलडाँडामा धनियाँ र खुर्सानीको उत्पादन हुदै आएको छ । दोभान क्षेत्रमा काक्रा, करेला, काउली, सिमी लगायतका तरकारीहरु उत्पादन हुदै आएको छ । वडा नं. ३ झुम्सा भुतखोला क्षेत्रमा च्याउ पकेट क्षेत्र रहेको छ । यहाँबाट मात्रै बार्षिक १ करोड बढीको च्याउ उत्पादन हुँदै आएको छ ।

वडा नं. १ ओखलढुंगामा संघीय कार्यक्रम अन्तरगत तरकारी पकेट कार्यक्रम सञ्चालन हुँदै आएको छ । यो कार्यक्रमबाट तरकारी तथा अन्य कृषि उत्पादन बिक्री भएन भनेर बस्ने किसानहरुका लागि खास फाइदा र सहजता भएको र उनीहरुमा कृषि प्रति उत्साह पनि बढेको शर्माले बताउनुभयो ।

समयको माग, जनचाहना, सम्भावित स्रोतहरुको परिचालन नै स्थानीय सरकारको मुख्य ध्येय भएकोले तिनाउँ गाउँपालिका भित्रका आम किसानहरुको माग बमोजिम यो प्रयासको थालनी गरेको र यसबाट धेरै किसानहरू खुशी हुनुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP