शनिबार , भाद्र १३, २०८३

बुटवलको अस्पताललाईनमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ग १ ज ६३६७ नम्वरको बलेरो पिकअप जिप अनियन्त्रीत भई पल्टिदा प्युठानको गौमुखी गाउपालिका वडा नं १ का २८ बर्षिय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी उक्त घटनामा परि सोही स्थानका २९ बर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन्। घाईते मध्ये शुरेश तामाङको अवस्था गम्भिर रहेको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिव्र गतिमा रहेको जिप सडकको मध्य भागमा रहेको पर्खाल र बार नाघेर बिपरित दिशामा पुगेको थियो।

जिप बिजुलीको पोलमा ठोक्कीएका कारण बिजुलीको भाच्चिएपछि पोलमा रहेको तार भुईमा लत्रेर केही बेरयता सडक अवरुद्ध रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP