शनिबार , भाद्र १३, २०८३

सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा पुरेको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

बिहीबार राति प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोसी टापुस्थित एकान्त ठाउँमा खाल्डो पुरेको अवस्थामा गाँजा बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ ।

कोसी ब्यारेजस्थित गोलघरबाट ५ सय मिटर उत्तर खाल्डो खनी गाँजा पुरिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोलीले शंकास्पद स्थानमा खन्दा ३० किलो दरले प्याक गरिएको १२ बोरा, दोस्रो स्थानमा खन्दा ९ बोरा र तेस्रो स्थानमा खन्दा ६ बोरा गरी २७ बोरा गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ ।

गाँजाबारे अनुसन्धान थालिएको सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP