मंगलबार , बैसाख २९, २०८३

नेपाल प्रहरीले उपप्रधान तथा गृहमन्त्रीलाई निर्मला पन्त हत्या घटनाकाे अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेको छ।

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षण क्रममा गृहमन्त्री रवि लामिछानेलाई प्रहरी टोलीले निर्मलाकाे घटना प्रगतिबारे ब्रिफिङ गरेको हो।

प्रहरी महानिरीक्षक,अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकसहितकाे टाेलीले हालसम्म भएका अनुसन्धान प्रगतिबारे ब्रिफिङ गरेको हो।

गत सोमबार पदभार ग्रहण गरेसँगै गृहमन्त्री लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने निर्णय गरेका थिए।

यस्तै, निरीक्षणपश्चात प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयले तयार पारेको ‘सेवा प्रतिको सन्तुष्टि र कार्य सम्पादनमा प्रभाव पार्ने तत्वहरू: नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको मामिला अध्ययन’ र ‘नेपाल प्रहरीमा युवाको आकर्षण र विकर्षणको अवस्था विषयक’ २ वटा छुट्टाछुट्टै अध्ययन प्रतिवेदन सार्वजनिक समेत गरिएको थियो।

उक्त प्रतिवेदनले नेपाल प्रहरीमा कार्यरत जुनियर प्रहरी अधिकृतहरूको कार्य सम्पादनमा प्रभाव पर्ने तत्वहरूको पहिचान गर्ने र सुधारका क्षेत्रहरू पहिल्याउने समेत जनाएको छ।

त्यस्तै, लामिछानेले सर्वसाधारणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डहीनताको अन्त्यको साथै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्न समेत निर्देशन दिएका छन्।

लामिछानेले सीमा क्षेत्रमा हुने भन्सार छलि, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्रीवितरण र सेवनलाई पूर्ण निस्तेज पार्न विशेष कार्ययोजना बनाई कार्यसम्पादन गर्न समेत निर्देशन दिएका छन्।

महिला, बालबालिका र जेष्ठ नागरिकहरूको सन्दर्भमा अझ बढी संवेदनशील भएर सोही अनुसार सेवा प्रवाह गर्न उनले निर्देशन दिएका छन्।

सरूवा, बढुवा र वृत्तिविकासको लागि मापदण्ड तयार गरी लागु गरिने र मापदण्ड र कार्य सम्पादनको मूल्यांकनको आधारमा बढुवा र सरूवा गर्ने गराउने व्यवस्था कडाइका साथ पालना गरिने उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP