आइतबार , बैसाख ७, २०८२

भारतको विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित कार्यक्रममा नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिइसकेको र दाहालले पनि मोदीलाई जवाफ दिइसकेको उल्लेख गर्दै उक्त जवाफमा दाहालले दुवै देशबीच गहिरो सम्बन्ध बनाउन चाहेको जानकारी दिए ।

वाग्चीले दाहाल नेतृत्वको सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा आफूहरू पनि रहेको बताए । ‘घनिष्ठ छिमेकी नेपालसँग द्विपक्षीय र अद्वितीय सम्बन्ध बढाउने कुरामा हामी कुनै कसर राख्दैनौं,’ उनले भने, ‘द्विपक्षीय सम्बन्ध बढाउन हामी प्रचण्डजीको सरकारसँग मिलेर काम गर्न तयार छौं ।’

दाहाल प्रधानमन्त्री भएलगत्तै शनिबार काठमाडौंस्थित भारतका राजदूत नवीन श्रीवास्तवले पहिलो विदेशी कूटनीतिज्ञको रुपमा बधाई दिइसकेका थिए । सोही दिन प्रधानमन्त्री मोदीले पनि ट्विटमार्फत दाहाललाई बधाई दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP