मंगलबार , अषोज २७, २०८३

भारतको विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले बिहीबार आयोजित कार्यक्रममा नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिइसकेको र दाहालले पनि मोदीलाई जवाफ दिइसकेको उल्लेख गर्दै उक्त जवाफमा दाहालले दुवै देशबीच गहिरो सम्बन्ध बनाउन चाहेको जानकारी दिए ।

वाग्चीले दाहाल नेतृत्वको सरकारसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउने पक्षमा आफूहरू पनि रहेको बताए । ‘घनिष्ठ छिमेकी नेपालसँग द्विपक्षीय र अद्वितीय सम्बन्ध बढाउने कुरामा हामी कुनै कसर राख्दैनौं,’ उनले भने, ‘द्विपक्षीय सम्बन्ध बढाउन हामी प्रचण्डजीको सरकारसँग मिलेर काम गर्न तयार छौं ।’

दाहाल प्रधानमन्त्री भएलगत्तै शनिबार काठमाडौंस्थित भारतका राजदूत नवीन श्रीवास्तवले पहिलो विदेशी कूटनीतिज्ञको रुपमा बधाई दिइसकेका थिए । सोही दिन प्रधानमन्त्री मोदीले पनि ट्विटमार्फत दाहाललाई बधाई दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP