बुधबार , असार २४, २०८३

त्रिपुरेश्वरस्थित राहदानी विभागमा बिहान झिसमिसेदेखि नै सर्वसाधारणको लाइन लाग्ने गरेको छ । राहदानी लिनका लागि फारम भर्ने, बायोमेट्रिक गर्ने र बनिसकेको राहदानी लिनेको गरी तीन वटा छुट्टाछुट्टै लाइन लाग्ने गरेको छ ।

बिहीबार बिहान २ बजेदेखि नै लाइनमा बसेका कोही सर्वसाधारण चिसो भगाउन चिया पिइरहेका थिए भने कोही कागज बटुलेर आगो बालेर तापिरहेका थिए । बिहानको सिरेटोबाट बच्न लाइनमा लागेका एकापसमा गुटुमुटु परेका भेटिन्छन् ।

बिहान २ बजेदेखि लाइनमा लागेकामध्ये एक हुन् नुवाकोट, धुक्चेश्वरीका ५० वर्षीय पेम्बा छिरिङ शेर्पा । ‘के गर्ने बिहानै लाइनमा बस्न नआए पालो नै आउँदैन । बाध्य भएर यस्तो चिसोमा लाइनमा बस्नु परेको छ,’ उनले भने, ‘जनताले दुःख पाएको देख्दैन सरकारले, के गर्ने ?’

लाइनमै बसेका प्यूठानका अर्जुन कुँवरले प्रणाली नभएर जनताले दुःख पाएको बताए । ‘छिटो काम होस् भनेर आएको हो । तर सिस्टम नहुँदा हामीले दुःख पाएका छौँ,’ उनले भने । पैसा तिर्दा पनि सजिलोसँग नभएको सेवाग्राहीको दुखेसो छ । बिहान ४ बजेदेखि लाइनमा बस्दा थाकेकी ३० वर्षीया उर्मिला वाइबा साथीको पिठ्युँमा टाउको टेकाएर आराम गरिरहेकी थिइन् ।

राहदानी विभागमात्र होइन, शिक्षा मन्त्रालयमा एनओसी लिनदेखि सवारी चालक अनुमति पत्र र चाडपर्वमा घर जानका लागि बसको टिकट काट्न पनि वर्षौंदेखि सर्वसाधारणले यस्तै सास्ती खेपिरहनु परिरहेको छ ।

भर्खरै गठन भएको नयाँ सरकारले राहदानी र लाइसेन्स लिँदा देखिएका लामा लाइन हटाउने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको सास्ती रोक्न कदम चाल्ने बताएका थिए । मन्त्रिपरिषद्को पहिलो बैठकले यसबारेमा निर्णयसमेत गरेको थियो । त्यस्तै बुधबार उप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको निरीक्षणमा पुगेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP