मंगलबार , अषोज २७, २०८३

राहदानी (पासपोर्ट) लिन रातिदेखि नै लाइनमा उभिनुपर्ने बाध्यता अझै हटेको छैन।

आज पनि रातिदेखि नै सर्वसाधारणहरू काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा लाइनमा उभिएर सेवा लिन पर्खिरहेका छन्।

राति र बिहान झिसमिसेमै सर्वसाधारणहरू राहदानी विभाग पुगेर पालो कुर्ने गर्छन्। पुसको यो चिसोमा लाइनमा बस्न सास्ती छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि गत पुस ११ गते मन्त्रिपरिषद बैठकले राहदानी र सवारी चालक अनुमति पत्र लिनेजस्ता कार्यालयमा देखिएका भिड हट्ने गरी सेवा प्रवाहलाई सुधार गर्ने निर्णय गरेका थिए।

यो पनि: राहदानी विभागका महानिर्देशकलाई प्रश्न : कहिलेसम्म झिसमिसेमै उठेर पासपोर्टका लागि लाइन बस्नुपर्ने? (भिडिओ)

तर यो निर्णय कहिलेदेखि कार्यान्वयनमा आउँछ र राहदानीलगायत सेवा लिन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य कहिले हुन्छ यकिन छैन।

पासपोर्ट बनाउन हालको जस्तो लामो लाइनमा उभिएर सेवा लिनुपर्ने नागरिकको बाध्यता हटाउन सरकार तत्पर भए पनि कार्यालयका सेवा प्रवाहमा सुधार भएको देखिएको छैन।

राहदानी विभागका अनुसार सन् २०२० र २०२१ मा कोभिडका कारण मागअनुसार राहदानी वितरण गर्न नसक्दा २०२२ मा माग ह्वात्तै बढेकाले नागरिकहरू लाइनमा उभिनुपर्ने अवस्थाको सिर्जना भएको हो।

विभाग र ७७ जिल्ला प्रशासन तथा १७ इलाका प्रशासन कार्यालयबाट पनि राहदानीका लागि आवेदन दिन मिल्छ। तर काठमाडौंस्थित विभागमा छिटो राहदानी पाइने भएकोले नागरिकहरू यहीँ आउनुपर्ने बाध्यता छ।

तत्काल राहदानी चाहिएको छैन भने आफ्नो जिल्लाबाट वा इलाकाबाट राहदानी सेवा लिन पनि विभागले आग्रह गर्दै आएको छ।

राहदानी विभागको वेबसाइटमा प्रति सकेण्ड २५ सय जनाले भिजिट गर्न सक्छन्। तर सबै मानिसले आवेदनका लागि एक साथ वेबसाइटमा आउँदा समस्या आउने गरेको विभाग बताउँछ।

दिनमा औसत ६ हजार ५ सय पासपोर्ट छाप्ने र २ हजार जनाको आवेदन राहदानी विभागमा आइरहेको विभागका महानिर्देशक सुरेन्द्रकुमार यादव बताउँछन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP