आइतबार , बैसाख ७, २०८२

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई सिफरिस गरेको छ ।

नक्सालले प्रहरी नियन्त्रणणमा रहेका केसीलाई निलम्बनका लागि मंगलबार गृहमन्त्रालयमा पत्राचार गरेको हो । केसीलाई सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अवैध सुनसहित नियन्त्रणमा लिएको थियो ।

सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले उनीमाथि अनुसन्धान भइरहेको बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखसमेत रहेका केसीले सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो । केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको थियो ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुलेको विषयमा अनुसन्धान गर्न सीआईबीको टोली बुटवल पुगेको थियो । बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली खटाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP