मंगलबार , अषोज २७, २०८३

इलाका प्रहरी कार्यालय बुटवलबाट जिल्ला प्रहरी कार्यालय कास्की सरुवा भएका डीएसपी ठगबहादुर केसीलाई केन्द्रीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट आएको टोलीले केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो । उनको निवास खानतलासी गर्दा ३५ तोला सुन र लाखौं नगद फेला परेको प्रहरी स्रोतको भनाइ छ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो।

केसीको निवासबाट ३५ तोला सुन, ८ लाख रकम र २५ लाखको चेक घुस समेत बरामद भएको प्रहरी स्रोतको भनाइ छ। केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ।

व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो।
कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ। केसी करिब १३ महिना अघि केसी बुटवल आएका थिए। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रवीन्द्र रेग्मीले केसी नियन्त्रणमा परेको स्वीकारे । तर विस्तृत विवरण बताउन चाहेनन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक कमल थापाले प्रहरी प्रधान कार्यालयको निर्देशनमा केसीमाथि अनुसन्धान गर्दा पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएकाले नियन्त्रणमा लिइएको बताए। डीएसपी ठगबहादुर केसी तिलोत्तमा नगरपालिकाको नगर सभाका बेला विवाद हुंदा एमालेका वडाध्यक्षलाई पानी पोखरीमा हुत्याएर फालेपछि चर्चामा आएका थिए ।
केसीलाई काठमाडौं पु¥याएर थप अनुसन्धान गर्ने प्रहरी उच्च स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP