मंगलबार , अषोज २७, २०८३

सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवम् बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ। आइतबार बिहान उनको निधन भएको बुद्ध एयरले जनाएको छ।

‘७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको शुरूवात उहाँले नै गर्नुभएको हो।’ बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय उहाँलाई नै जान्छ। हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनु भएको बाटोलाई हामी बुद्ध एयरकर्मी सधैं अनुसरण गरि अगाडि बढ्ने छौं। हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन।’

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका कार्यकारी अध्यक्ष बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागी नेतृत्वदायी भुमिका निभाएको बुद्ध एयरले जनाएको छ।

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए।

उनी विभिन्न समस्या छानबिन तथा निरूपणका लागि शाही आयोगहरूमार्फत समेत सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP