सोमबार , बैसाख ८, २०८२

सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवम् बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ। आइतबार बिहान उनको निधन भएको बुद्ध एयरले जनाएको छ।

‘७० वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको शुरूवात उहाँले नै गर्नुभएको हो।’ बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय उहाँलाई नै जान्छ। हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनु भएको बाटोलाई हामी बुद्ध एयरकर्मी सधैं अनुसरण गरि अगाडि बढ्ने छौं। हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन।’

भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका कार्यकारी अध्यक्ष बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एम ए एलएललबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर देशका लागी नेतृत्वदायी भुमिका निभाएको बुद्ध एयरले जनाएको छ।

उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए।

उनी विभिन्न समस्या छानबिन तथा निरूपणका लागि शाही आयोगहरूमार्फत समेत सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP