शुक्रबार , असार १२, २०८३

अंग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा आयोजना गर्न लागिएको फुड फेस्टिबलका लागि शनिबार सरसफाई गरिएको छ ।

फुड फेस्टिबल आयोजना गरिने स्थान कालिकापथमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रमको उदघाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए । त्यसअवसरमा बोल्दै उनले बुटवलमा व्यवसायको प्रवद्र्धन र बिस्तारका लागि रात्रीकालीन बजार चलाउनुपर्ने बताए ।

बुटवलको अमरपथ, ट्राफिक चोक र कालिकापथ क्षेत्रमा कम्तीमा पनि रातीको ११ बजेसम्म व्यवसाय सञ्चालन गर्नुपर्ने र यसो भयो भने मात्रै व्यवसाय चलायमान हुने र बजार बिस्तार हुने बताए ।

सरसफाई कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सात्रिादेवी अर्याल, होटल व्यवसायी संघका पदाधिकारी एवं सदस्यहरु, विभिन्न संघसंस्था एवं स्थानीयको सहभागिता थियो ।

खस्कँदै गएको पर्यटन व्यवसाय माथि उकास्ने लक्ष्यसहित बुटवलमा फुड फेस्टिभल (सडक खाना महोत्सव) गर्न लागिएको संघका अध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए । होटल व्यवसायी संघ रुपन्देहीले यही पुस १५, १६ र १७ गते अंग्रेजी नयाँ वर्षको अवसर पारेर फेस्टिभल गर्न लागेको हो । पर्यटनको सम्भावनालाई पहिचान गरी लुम्बिनी प्रदेशमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन फुड फेस्टिभलले सघाउ पु¥याउने संघका महासचिव माधवकुमार खनालले बताए ।

फेस्टिभलमा विभिन्न जातीय परिकार प्रदर्शनीमा राखिनेछ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा करिब एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । करिब एकसय वटा स्टल फुड फेस्टिभलमा रहने छन् । बुटवलको नयाँ बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव हुने भएको हो ।

संघका अध्यक्ष गौतमका अनुसार महोत्सवबारे आवश्यक तयारी र प्रकृया सुरु गरिएको छ । हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाइ यसपटक अझै ब्यवस्थित र उत्कृष्ट बनाउने योजना समेत तय भएको उनले बताए । खानाका परिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा साँस्कृतिक कार्यक्रम समेत गरिने संघका महासचिव माधवकुमार खनालले बताए ।

महोत्सव सम्पन्न गर्न २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । महोत्सवको आन्तरिक तयारी तीब्र पारिएको र १०१ सदस्यीय मूल आयोजक समिति र २३ वटा उपसमिति निर्माण गरिएको होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देहीका कार्यालय प्रमुख टीकाराम ज्ञवालीले बताए ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले २०७५ सालमा पहिलोपटक र २०७६ सालमा दोस्रोपटक बुटवलमा सडक खाना महोत्सव आयोजना गरेको थियो । स्थलको अभाव र कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको थिएन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसाय फस्टाउनमा बाधा अडचन थपिएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण पाटोको रूपमा लिँदै आएको सडक खाना महोत्सव विगत २ वर्षदेखि सञ्चालन गर्नका लागि कोरोना नै वाधक बनेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP