मंगलबार , अषोज २७, २०८३

कर्मचारीको लापरबाहीको कारण अमेरिकामा नेपाली दूतावासको रकम लुटिएको छ । वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरहरुमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले शुल्कबापत बुझाएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ हरु लुटिएको जनाएको छ ।

वासिङ्टन डीसीस्थित नेपाली राजदूतावास

दूतावासले विज्ञप्ति जारी गर्दै आफ्ना कर्मचारीहरु डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डीसीतर्फ जाने क्रममा पार्किङमा राखिएको सवारी साधन स्थानीय समयअनुसार दिउँसो १२ बजेर तीन मिनेट जाँदा तोडफोड भई लुटिएकोले उल्लेख गरेको छ ।

साथै, दूतावासले यस घटनाको सम्बन्धमा तत्कालै ह्युस्टन प्रहरी विभाग तथा कुटनीतिक सुरक्षा महाशाखा ह्युटन लगायतका निकायहरुमा उजुरी गरी लुटिएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ फिर्ता लिन प्रयास गरिरहेको जनाएको छ ।

विज्ञप्तिमा कति रकम बराबरका ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको भन्ने बारेमा उल्लेख गरिएको छैन । साथै, को–को कर्मचारी यात्रा गर्दा यस्तो घटनाभएको पनि उल्लेख छैन ।

‘यसबाट सेवाग्राहीहरुमा समय र स्रोत सधानको हिसाबले पर्न जाने असुविधाप्रति राजदूतावास क्षमाप्रार्थी छ । दूतावासले सेवाग्राहीहरुको नजिकै गइ सेवाप्रवाह गर्ने क्रममा भएको यस घटनाको अनुसन्धान गरी नेपाल सरकारको लुटिएको राजस्व रकम फिर्ता गर्ने कार्यमा अमेरिकावासी सम्बन्धित सबै नेपाली सेवाग्राहीहरुले यथाशक्य सहयोग गर्नुहुनेछ भन्ने दूतावास आशावादी छ,’ विज्ञप्तिमा भनिएको छ ।

दूतावासले कन्सुलर सेवा शिविरहरुबाट सेवा प्राप्त गर्ने सबै नेपाली सेवाग्राहीहरुले सेवा प्राप्त गर्दा गर्नु भएको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ रद्दगर्न सम्भव भएसम्म गर्नको लागि पनि आग्रह गरेको छ । साथै, त्यसपछि दूतावासको नयाँ ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ बनाइ हाल्नको लागि पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP