सोमबार , बैसाख ८, २०८२

बारामा शुक्रवार साँझ एकजना भारतीय नागरिकको गोली हानी हत्या भएको छ ।

बाराको सदरमुकाम कलैया देखि ७ किलोमीटर पूर्वमा रहेको महागढीमाई नगरपालिका २ स्थित भुतही पुल नजिक साँझ करिब ६ बजे भारतको छौडादानो पिप्राका ४५ बर्षीय शिवपुजन यादवको गोली हत्या गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी गराउनु भयो ।

खाजा खाएर होटलबाट निस्केका यादवलाई दुईवटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले भारतीय नागरिक यादव माथि गोली प्रहार गरेको उहाँले बताउनुभयो ।

छातीमा गोली लागेर गम्भीर घाईते भएका यादवलाई उपचारका लागि नौतन स्थित एलएस न्युरो अस्पतालमा ल्याइएकोमा यादवको मृत्यु भएको उहाँले बताउनुभयो ।
घटनामा संलग्नहरुको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

यादव भारतीय प्रहरीको खोजी सुचीमा रहेको र लुकेर आफन्तको घरमा बस्दै आएको खुलेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP