मंगलबार , अषोज २७, २०८३

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भोलिदेखि सुरु हुने नेपाल टी २० लिगको विजेताले ५५ लाख रूपैयाँ प्राप्त गर्ने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी गराउन शुक्रबार आयोजित प्रत्रकारसम्मेलनमा पुरस्कार राशी सार्वजनिक भएको हो।

यस्तै, उपविजेता, तेस्रो र चौथो हुने टिमले क्रमशः ३०, १० र पाँच लाख रूपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाँच लाख र इमर्जिङ प्लेयरले एक लाख ८० हजार रूपैयाँ प्राप्त गर्नेछन्। यस्तै, प्लेयर अफ दी म्याचले ४० हजार प्राप्त गर्ने आयोजकले बताएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पछिल्ला केही दिनहरूमा धेरै अन्योलका बीच भोलिदेखि सुरु हुने बताएका छन्। ‘पछिल्ला समय धेरै अन्योल भए, नेपाल टी २० लिग स्थगित–रद्द, हुने–नहुने अन्योलका बीच पनि हामीले सुरु गनेर्छौं,’ उनले भने।

‘घोषणा गरेकै दिन सही नियतले खेलाडीलाई आत्म निर्भर बनाउनु पर्छ भनेर गरिएको निर्णय थियो। एसोसिएटले ठूलो चुनौती फेस गर्नुपर्ने रहेछ,’ उनले भने, ‘क्यानको साधारण सभाले आठ वर्षका लागि विदेशी कम्पनीसँग सम्झौता गर्ने भनेर सुरु गरेका छौं। कानुनी जटिलताले न काम न तयारी गर्न सकिएन। मुद्दा दायर छ, लिग हुनुहुँदैन भनेर।’

यद्यपि, विभिन्न बाधा व्यवधानका बाबजुद पनि प्रतियोगिता आयोजना हुने उनले बताए।

‘साथीहरूले यो प्रतियोगिता हुनु हुँदै भनेर मुद्दा हाल्न कसैले बाँकी राखेनन्। क्यानले अदालतमा छिटो टुङ्गो लगाइदिन गर्यौं,’ उनले भने, ‘पलिहो संस्करण हो, तयारी गर्न दिइएन्, अवरोहहरू आए, भने जस्तो तयारी भएन। तर, सबै विदेशी खेलाडी आइरहँदा, हामी तयार भइरहँदा लिग रोक्नु ठीक हो त ? होइन, यसले क्रिकेटलाई समाप्त पार्छ भनेर कानुन सम्मत् अगाडि बढ्ने प्रतिबद्धता गरेका छौं।’ सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष जतिन आलुवालियाले यहाँसम्म आइपुग्न निकै कठिन यात्रा गर्नुपरेको बताए।

‘हामीले विश्व स्तरीय क्रिकेट आयोजना गर्न, र सोही स्तरका खेलाडी, प्रशिक्षक र टेन्किल टि ल्याउन खोजेका हौं,’ आलुवालियाले भने, ‘नेपालमा सम्भावना छ, भारतीय टिम १९९३ मा जस्तै छ। नेपाल एकदिन विश्वकप जित्न सक्ने टिम छ। तर, त्यसका लागि लगानी र भौतिक संरचना र व्यावसायिकता चाहिन्छ। त्यसैले हामी यहाँ छौं।’

नेपाल टी २० बाट चार पक्ष लाभान्वित हुने आलुवालियाले बताएका थिए। खेलाडी, क्यान, अर्थतन्त्र र बोर्डलाई फाइदा हुने उनको भनाई थियो।

प्रतियोगिताको युरो स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने पनि उनले जानकारी दिए। फ्यानकोडले भारतमा इन्टरनेट र मोबाइल एपमा प्रत्यक्ष प्रशारण गर्नेछ। प्रतियोगिताको टाइटल स्पोन्सर वान् एक्स ब्याट कम्पनी रहेको उनले बताए।
यस्तै, स्पोर्ट्स इन्टिग्रिटी सम्बन्धी कम्पनी स्पोर्ट्स राडारले खेलमा हुन सक्ने मिलोमतो जस्ता कुरामा निगरानी राख्ने आलुवालियाले बताए।

यसअघि आज (शुक्रबार)देखि हुने तय भए पनि प्राविधिक कारण देखाउँदै क्यानले एक दिन पछाडि सारेको थियो। बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता पछाडि सरेको र नयाँ निर्देशक चयन भएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP