शनिबार , भाद्र १३, २०८३

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयको मात्र ग्रेड बृद्धि परीक्षा दिनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिनु पर्ने बताएको हो ।

२०७९ को वैशाख ९ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पूरक (ग्रेडबृद्धि) परीक्षामा सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने कार्यालयले प्रष्ट पारेको हो । सोही आधारमा फारम भराउन आग्रह गरेको छ ।

मंसिरमा प्रकाशित २०७९ सालको एसईई परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भराउने विषयमा केही जिल्लाबाट अन्यौलता देखिएको थियो । पूरक परीक्षा दिनुपर्ने परीक्षार्थीको हकमा परीक्षा आवेदन फारामको सूचनाले उनीहरू द्विविधा परेपछि कार्यालयले एसईईमा सी प्लस ल्याउन नसकेका विद्यार्थीलाई सोही विषयको मात्र ग्रेड बृद्धिका लागि परीक्षा फाराम भराउन आग्रह गरेको हो ।

२०७९ सालको एसईई परीक्षामा समावेश हुने विद्यार्थीका लागि आवेदन फाराम खुलेको छ । यही पुस १० गतेभित्र फाराम भरिसक्नु पर्नेछ । यो वर्षको एसईई परीक्षा चैतको दोस्रो हप्तादेखि गर्ने कार्यतालिका बोर्डको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP