मंगलबार , बैसाख २९, २०८३

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले चिसो बढिरहेको छ।

यसबाट दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

यसैबीच आज काठमाडौं उत्यकाको तापक्रम ५.२ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। मानन्धरका अनुसार हिजो बिहाबार काठमाडौँ उत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो।

आज (शुक्रबार) दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

भोलि शनिबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

आइतबार हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP