सोमबार , बैसाख ८, २०८२

बिहीबार बिहानैदेखिको बाक्लो कुहिरोका कारण भैरहवा-काठमाडाैं रुटका सम्पूर्ण हवाई उडान रद्द भएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुवास झाले बाक्लो कुहिरोले ढाकेका कारण बिहीबार सम्पूर्ण हवाई उडान रद्द भएको बताए । ‘बिहीबारलाई हवाई उडान हुन सक्ने सम्भावना कम छ’ झाले भने, ‘साँझ भएपछि हुस्सु झन बाक्लिँदै जान थालेको छ ।’

उनका अनुसार भैरहवा–काठमाडौं बीच दैनिक २१ वटा आन्तरिक उडान र एउटा अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । आन्तरिक उडानका लागि दैनिक सरदर १ हजार यात्रु भैरहवा आउने र भैरहवाबाट प्रस्थान गर्ने गर्छन् । हुस्सु र कुहिरोका कारण जजिराको कुवेतबाट भैरहवाका लागि बुधबार राति २ बजे हुनु पर्ने अन्तर्राष्ट्रिय उडान पनि हुन सकेन ।

हवाई उडान संचालनका लागि सामान्यतया १ हजार ५ सय मिटर भिजिविलिटी (आँखाले देख्न सकिने दूरी) आवश्यक पर्छ । बिहीबार भैरहवामा ३ सय मिटर मात्र भिजिविलिटी थियो । काठमाडौं–भैरहवा बीचको हवाई उडान सञ्चालन नहुँदा भारतीय अभिनेता विवेक ओवराय र सुरेश ओवराय बुद्ध जन्मस्थल लुम्बिनी आउने योजना पनि प्रभावित भएको छ । बिहीबार उनीहरु दुवैले बुद्ध जन्मस्थल लुम्बिनी र मायादेवी मन्दिरको भ्रमण गर्ने योजना रहे पनि हुन नसकेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तियले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP