शुक्रबार , असार १२, २०८३

यो वर्ष धान उत्पादन बढेको छ । नयाँ जातको बिउबिजन, नयाँ प्रविधिको उपयोगसँगै मौसमले पनि साथ दिएकाले गत वर्षको तुलनामा धान उत्पादन बढेको कृषि मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको प्रारम्भिक तथ्याङ्क अनुसार सबै प्रदेशमा उत्पादन बढेको देखाउँछ ।

‘यसपालि धान राम्रै फलेको छ, उत्पादन बढेको छ,’ मन्त्रालयका वरिष्ठ तथ्याङक अधिकृत रामकृष्ण रेग्मीले भने, ‘प्रारम्भिक तथ्याङ्क अनुसार सबै प्रदेशमा बढेको देखिन्छ । समग्रमा कति बढ्यो भन्नेबारे अध्ययन/विश्लेषण गरिरहेका छौँ, तथ्याङ्क एक/दुई दिनमै सार्वजनिक गर्छाैं ।’

गत आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाई भएको थियो भने ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टन उत्पादन भएको थियो । धान उत्पादन अघिल्लो आर्थिक वर्ष २०७७/७८को तुलनामा ८.७४ प्रतिशतले कमी भएको थियो । ‘गत वर्ष असोज ३१ र कात्तिक १/२ गतेको बेमौसमी वर्षाले बाली सखाप पार्यो । मुलुकभरका १ लाख ११ हजार ६ सय ९ हेक्टरमा ४ लाख २४ हजार १ सय १३ मेट्रिक टन धान बाली क्षति पुग्यो,’ रेग्मीले भने, ‘यस वर्ष बर्दिया, लुम्बिनीमा केही नोक्सान देखिए पनि औसत उत्पादन राम्रो छ ।’ रेग्मीका अनुसार उत्पादन बढ्नुको पहिलो कारण उन्नत बिउबिजन हो । ‘अधिकांश किसानले नयाँ जातका धान लगाएका छन्, जसले गर्दा धानको उत्पादकत्व समेत बढेको छ’ उनले भने ।

दोस्रो कारण प्रविधि मैत्री रोपाई रहेको उनले बताए । किसानहरुले मेसिनबाट रोपाई गर्ने, काट्न पनि मेसिन प्रयोग गर्न थालेकाले पनि केही सुधार आएको रेग्मीको भनाइ छ । रासायनिक मलको हकमा खुल्ला सिमाका कारण किसानले अप्ठ्यारोका बाबजुत आफै व्यवस्था गरेका कारण उत्पादन केही बढेको रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP