सोमबार , बैसाख ८, २०८२

गोरखा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद राजेन्द्र बजगाईंले सांसद भएबापत पाउने तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका संकटमा परेका नागरिकको सेवाका लागि खर्च गर्ने घोषणा गरेका छन्।

प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार शपथ ग्रहणको क्रममा सांसद बजगाईंले आफ्नो तलब भत्ता दुर्गम भेगमा विपतमा परेकाहरूको सेवामा खर्च गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ को विपदमा परेका पीडितहरूका लागि खर्च गर्ने घोषणा गर्दछु’, उनले शपथपछि आफ्नो फेसबुक तथा ट्वीटरमा लेखेका छन्।

उनको निर्वाचन क्षेत्रमा अहिलेसम्म सडक सञ्जालले नछोएको चुमनुब्री गाउँपालिका तथा धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्ती विकट छन्।

त्यहाँका गम्भीर बिरामी तथा घाइते र सुत्केरी हुन नसकेकाहरूको हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यतामा छन्।
सो कार्यका लागि बजगाईंले लामो समयदेखि सेवा गर्दै आएका थिए।

‘आज मैले सांसदको सपथ लिइरहँदा गोरखा १ को भूगोल सम्झिएँ। त्यहाँका जनताका दुख सम्झिएँ। त्यसैले सांसदका लागि आउने पारिश्रमिक मैले गोरखा १ मा विपदमा परेकाहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छु’, उनले भनेका छन्।

उनले मतदाता धन्यवाद अभियानअन्तर्गत हालै गोरखा १ मा पर्ने ५६ वडाका घाइते, बिरामी तथा सुत्केरी उद्धारका लागि एक–एक वटा स्टेचरसमेत हस्तान्तरण गरेका थिए।

सांसद बजगाईंले आफू गोरखा १ का गरिब र भौगोलिक रूपमा विकट क्षेत्रका बासिन्दाको सहयोगका लागि जनप्रतिनिधि बन्न सफल भएको कहिल्यै नबिर्सिने पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP