मंगलबार , बैसाख २९, २०८३

मंसिर ४ मा भएको चुनावबाट निर्वाचित भएका प्रतिनिधि सभा सांसदहरूले आज शपथ लिने कार्यक्रम छ।

बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शपथ हुनेछ।

जेष्ठ सदस्य पशुपतिशमशेर राणाले सांसदहरूलाई शपथ खुवाउनेछन्। जेष्ठ सदस्य राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए।

शपथ सुरू हुनुअघि आज मध्यान्ह १२ बजे जेष्ठ सदस्य राणाको आह्वानमा सर्वदलीय बैठक पनि बस्दैछ।

सांसदहरूले शपथ लिन जाँदा नागरिकताका साथै फोटो र निर्वाचन आयोगले दिएको निर्वाचित प्रमाण पत्र साथमा लैजानुपर्ने हुन्छ।

संघीय संसद सचिवालयका अनुसार सांसदहरूले मातृभाषामा पनि शपथ लिन पाउनेछन्। त्यसका लागि ३ दिन पहिले नै जानकारी दिन सचिवालयले भनेको थियो।

फाइल

४ फरक-फरक भाषामा गरी २५ जना सांसदले मातृभाषामा शपथ लिने भएका छन्।

सांसद किरणकुमार साहले संस्कृत, महिन्द्र राय यादवले हिन्दी, सूर्यमान तामाङ, मीना तामाङ, हितबहादुर तामाङले तामाङ भाषामा शपथ लिँदैछन्।

सांसद सराज अहमद फारूकीले उर्दु भाषामा शपथ लिने जानकारी संघीय संसद सचिवालयले दिएको छ।

सांसद रामसहायप्रसाद यादव, उमरादेवी यादव र प्रदीप यादवले भोजपुरी, असिम साहले मुश्लिम भाषा, अशोककुमार चौधरी, लालवीर चौधरी, गंगाराम चौधरी, अरूणकुमार चौधरी, रूपा चौधरीले थारू भाषामा शपथ लिने जानकारी गराएका छन्।

जुम्लाकी सांसद कान्तिका सेजुवालले नेपाली खस भाषा, अवधि भाषामा लक्ष्मी तिवारीले शपथ लिँदैछन्। मैथलीमा रन्जुकुमारी झा, मनिष झाले शपथ लिँदैछन्।

दुर्गा राईले कोयू भाषामा र मधेशी भाषामा बिनिताकुमारी सिंह, सिके राउत, अनिता देवीले शपथ लिने भएका छन्।

नेपाल भाषामा सुमना श्रेष्ठले शपथ लिनेछिन् भने सन्याली भाषामा सोनु मुर्मुले शपथ लिनेछिन्। अरू सांसदले भने नेपाली भाषामा शपथ लिनेछन्।

प्रतिनिधि सभामा २७५ जना सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP